default_image

4 years ago

August 4, 2020

विलियनलाई आर्सनलको प्रस्ताव

30 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनलले ब्राजिल तथा अर्काे इंग्लिस क्लब चेल्सीका विंगर विलियनलाई यसै समरमा फ्रि ट्रान्सफरमार्फत अनुबन्ध गर्ने प्रयास थालेको छ ।

आर्सनलले ३१ वर्षे स्टार विंगर विलियनलाई फ्रि ट्रान्सफरमार्फत ३ वर्षको लागि अनुबन्ध गर्ने प्रयास थालेको हो । चेल्सीले थप दुई वर्षको लागि मात्रै गरेको प्रस्तावलाई विलियनले इन्कार गरिसकेको छ । त्यसैले पनि आर्सनल विलियन अनुबन्धमा अघि बढेको हो ।

विलियनले चेल्सीसँग तीन वर्षको सम्झौता मागेपनि चेल्सीले दुई वर्षको मात्रै सम्झौता गर्न सकिने उल्लेख गरेको छ । तर, यस विषयमा चेल्सी बोर्ड, प्रशिक्षक फ्रान्क लाम्पार्ड र विलियनबीच छलफल भइरहेको छ । आर्सनलले विलियनलाई तीन वर्षकै सम्झौता गर्ने प्रयास थालेको हो ।

शनिबार राति एफए कपको फाइनलपछि आर्सनल टेक्निलक डाइरेक्टर इडुले विलियनका एजेन्ट किया जोरावचियनसँग भेट गरेका थिए । विलियनलाई फकाउन आर्सनलले डेभिड लुइजलाई पनि प्रयोग गर्न सक्नेछ । विलियन आफ्नो पारिश्रमिक हरेक साता १ लाख २० हजार पाउन्ड हुनेमा पनि ढुक्क छन् ।

आर्सनल विलियनलाई सोही रकम खर्चन तयार छन् । एजेन्ट जोरावचियनले गत साता विलियनलाई पाँच स्थानबाट प्रस्ताव आएको बताएका छन् । डेभिड बेकह्यामको एमएलएस क्लब इन्टर मियामीले पनि विलियनमाथि चासो देखाएको छ । विलियन २०१३ मा चेल्सी आएका थिए ।

यसै साता हुने च्याम्पियन्स लिगको दोस्रो लेगपछि नै विलियनको भविष्य निर्धारण हुनेछ । चेल्सीले आउदो शनिबार जर्मन च्याम्पियन बायर्न म्युनिखसँग दोस्रो लेगमा प्रतिस्पर्धा गर्दैछ । पहिलो लेगमा चेल्सी ३–० ले पछि छ ।

चेल्सी आफ्ना नियमित कप्तान सेसर एज्पिलिक्वेटा, क्रिस्टियन पुलिसिस र पेड्रो रोड्रिग्वेजविना खेल्दैछ । बिल्ली गिल्मर, जगिन्हो र मार्काेस अलन्सो पनि बायर्नविरुद्धको खेलमा हुनेछैन । त्यसैले विलियनमाथि ठुलो जिम्मेवारी रहेको छ ।

एफए कपको फाइनल गुमाएका विलियन र एङ्गोलो कान्टे बायर्नविरुद्धको खेलमा मैदान उत्रनेछन् । रुवेन लफ्टस चिक पनि जर्मन भ्रमणमा निस्कनेछन् ।

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

Success

Thank you for your time.