default_image

5 years ago

August 7, 2020

सिटीविरुद्ध रियल म्याड्रिडको अग्निपरीक्षा

159 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनल चरणको दोस्रो लेगमा शुक्रबार राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिड बीच प्रतिस्पर्धा हुँदैछ ।

कोरोनाको प्रभावले स्थगित भएका घरेलु लिग सम्पन्न भएसँगै च्याम्पियन्स लिग शुक्रबारदेखि सुरु हन लागेको हो । प्रि-क्वाटरफाइनलअन्तर्गत शुक्रबार दुई तथा शनिबार राति बाँकी दुई खेल हुनेछ । च्याम्पियन्स लिगको सर्वाधिक सफल स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीको इतिहाद स्टेडियममा खेल्दैछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे शुरु हुनेछ ।

पहिलो लेगमा आफ्नै घरेलु मैदानमा २–१ ले पराजित भएको रियल जित निकाल्दै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । रियललाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा पनि २–० को जितको खाँचो छ । परािजत यता बराबरीमा रोकिए तथा १–० को जितले पनि १३ पटकको च्याम्पियन रियल लगातार दोस्रो सिजन प्रि–क्वाटरफाइनलबाट बाहिरिनेछ ।

त्यसैले रियल आफ्नो सम्पुर्ण शक्ति लगाएर सिटीविरुद्ध मैदानमा उत्रनेछ । दर्शकविना हुने भएका कारण रियललाई यसको फाइदा छ । तर, भरपर्दा कप्तान सर्जियो रामोसको अनपस्थितिले रियललाई घाटा हुन सक्नेछ । कोरोनापछिको ११ खेलमा अपराजित रहेको रियललाई सिटीको खेल अग्निपरिक्षा हुनेछ ।

रियलका लागि करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो, टोनी क्रुस, लुका मोड्रिच र क्यासमिरोजस्ता स्टार खेलाडीको साथ रहेको छ । रामोसको अनुपस्थितिमा राफयल भरान र इडर मिलिटाओले रियलको रक्षापङ्ति सम्हाल्नेछन् । उनीहरुलाई ड्यानी कार्भाजल, मार्सेलो, फर्लान्ड मेन्डीले साथ दिनेछन् । गोलरक्षकमा थिवाउट कोर्टुवा रहनेछ । इडेन हाजार्डले पनि सिटीविरुद्ध खेल्न सक्नेछ ।

यता, सिटी पहिलो लेगमा लिएको अग्रता जोगाउदै अघिल्लो चरण प्रवेश गर्ने दाउमा हुनेछ । सिटीलाई यही नतिजाले पनि अघिललो चरण प्रवेश गराउनेछ । त्यसैले सिटी घरेलु मैदानमा रियलविरुद्ध सचेत भएर खेल्नेछ । सिटीका लागि रहिम स्ट्रलिङ, ग्याब्रियल जेसस, रियला महारेज, केभिन डि ब्रुयन, रोड्री, इकेए गुन्डोगान, फर्नाडिन्हो, केएल वाल्कर, एमेरिक लापोर्टे, बर्नाडो सिल्भा र इडर्सन मोरेस जस्ता खेलाडीहरु हुनेछन् ।

कोरोनापछि रियल ११ खेलमा अपराजित रहँदै ला लिगा च्याम्पियन बन्न सफल भएको थियो । यता, म्यानचेस्टर सिटीले भने कोरोनापछि १२ खेल खेल्दा तीन खेल (चेल्सी, साउथह्याम्टन र आर्सनल) सँग पराजित भएको थियो । यि दुई टोलीको पछिल्लो सात खेलको नतिजामा रियलले तीन खेलमा जित हात पार्दा सिटीले दुई खेल आफ्नो पक्षमा पारेको छ । दुई खेल बराबरीमा सकिएको छ ।

यो पनि पढ्नुहोस :

सिटीविरुद्ध रियल म्याड्रिड ‘बेस्ट अट्याक भर्सेस बेस्ट डिफेन्स’

युभेन्टसलाई लियोनको चुनौती

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.