5 years ago
August 8, 2020
एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार भएको राउन्ड अफ १६ को दोस्रो लेगमा २-१ को जित दर्ता गर्दै सिटीले रियललाई प्रतियोगिताबाट नकआउट गरेको छ । पहिलो लेगमा २-१ को जित दर्ता गरेको सिटी समग्रमा ४-२ को जितसँगै अगाडि बढ्न सफल रहयो । सिटीको दुवै गोल डिफेन्डर राफाएल भारानको गल्तीमा रहीम स्टर्लिङ र ग्याब्रीएल जेससले गरेका थिए । रियलका करीम बेन्जेमाले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए ।
खेलको सुरुवाती समयमा नै म्यानचेस्टर सिटीले घरेलु मैदानमा रियल म्याड्रिडविरुद्ध अग्रता बढाएको थियो । पहिलो लेग २-१ ले जितेको सिटीले रहिम स्टर्लिङको गोलमा अग्रता लिएको हो । रियलको डिफेन्समा तालमेल नमिल्दा सिटीले त्यसको फाइदा उठाउन सफल रहयो ।
फरवार्ड ग्याब्रीएल जेससले राफाएल भारानबाट पेनाल्टी क्षेत्रभित्र बल खोस्न सफल रहे । उक्त बललाई उनले स्टर्लिङलाई पास दिएपछि इंग्लिस विंगरले सहजै गोल गर्दै सिटीलाई बलियो स्थितिमा पुर्याए । १८ औं मिनेटमा रहिमले नै गोलअन्तर बढाउने अवसर पाएपनि क्यासेमिरोले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै रियललाई खेलमा कायम राखे ।

२१ औं मिनेटमा सिटीका गोलरक्षक एडरसनले एक मिनेटको अन्तरमा दुई बचाउ गर्दै सिटीको अग्रता जोगाए । दुवै अवसरमा बेन्जेमाको प्रहारलाई एडरसनले राम्रो बचाउ गरेका थिए ।
खेलको २८ औं मिनेटमा रियलले बराबरी गोल फर्कायो । युवा विंगर रोड्रीगोको उत्कृष्ट मुभमा फरवार्ड करीम बेन्जेमाले रियललाई खेलमा फर्काए । पेनाल्टी क्षेत्रबाहिर बल पाएका रोड्रीगोले अगाडि बढाएर दिएको चिप क्रसलाई बेन्जेमाले हेडरमार्फत गोल गरेका थिए ।
३३ औं मिनेटमा काइल वाल्करले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयासले पोस्टको दिशा लिन सकेन । ३६ औं मिनेटमा सिटीका जोआओ कान्चेलोको प्रहारलाई कोर्टुवाले उत्कृष्ट बचाउ गरे ।

दोस्रो हाफको ५४ औं मिनेटमा सिटीले अग्रता लिने सुवर्ण अवसर गुमायो । पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा इल्काए गुन्डोगनले आफैं प्रहार नगरी स्टर्लिङलाई दिएको पासमा उनको प्रहार गोलरक्षक कोर्टुवाले विफल पारे । लगत्तै केभिन डे ब्रुएनको प्रहारलाई ड्यानी कार्भाजलले ब्लक गरिदिए ।
६४ औं मिनेटमा बेन्जेमाको प्रहारलाई गोलरक्षक एडरसनले सहजै बचाए । लगत्तै अर्कोतर्फ कोर्टुवाले ग्याब्रीएल जेससको प्रहारलाई विफल पार्दै खेलमा रियलको सम्भावना कायमै राखे । जेससले दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए ।
६८ औं मिनेटमा सिटीले पुन: रियल म्याड्रिडको डिफेन्सको गल्तिको फाइदा उठाउँदै खेलमा अग्रता लियो । भारानले दबाबका बीच गोलरक्षक कोर्टुवालाई हेडरमार्फत ब्याक पास खेल्न खोज्दा जेससले उक्त बललाई पेनाल्टी क्षेत्रभित्र पहिलो टचमै गोलको दिशा दिँदै कोर्टुवालाई बिट गरेका थिए ।

अग्रता लिएको एक मिनेट नबित्दै गोलरक्षक एडरसनले लगातार दुई बचाउ गर्दै सिटीको अग्रता कायम राखे । सिटीले खेलको अन्तिम १० मिनेटमा बल पोसेसनमा ध्यान दिँदै रियल म्याड्रिडलाई खुलेर खेल्ने अवसर दिएन ।
सिटीले अब क्वाटरफाइनलमा फ्रान्सेली क्लब लियोनको सामना गर्नेछ । शुक्रबार घरेलु मैदानमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोको दुई गोलको मदतले फ्रान्सेली टोली लियोनलाई २-१ ले पराजित गरेपनि युभेन्टस अगाडि बढ्न सकेन । समग्रमा २-२ को स्कोर भएपछि अवे गोलको आधारमा लियोन अगाडि बढेको हो ।
यो पनि पढ्नुहोस : युभेन्टसको च्याम्पियन्स लिग यात्रा समाप्त!
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]