5 years ago
August 8, 2020
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको छ । शुक्रबार घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मदतले फ्रान्सेली टोली लियोनलाई २-१ ले पराजित गरेपनि युभेन्टस अगाडि बढ्न सकेन । समग्रमा २-२ को स्कोर भएपछि अवे गोलको आधारमा लियोन अगाडि बढेको हो ।

पहिलो लेग १-० ले जितेको लियोनले दोस्रो लेगको १२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको हो । कप्तान मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै लियोनलाई सुदृढ अवस्थामा पुर्याएका छन् । युभेन्टसका मिडफिल्डर रोड्रीगो बेन्टान्कुरले हुसेम औआरलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
त्यसअघि खेलको आठौं मिनेटमा लियोनका मिडफिल्डर हुसेम औआरको प्रहारलाई गोलरक्षक वोज चिएक सेचेज्नीले बचाउँदै कर्नर बनाए । लगत्तै रोनाल्डोको प्रहार बाहिरीएपनि उनी अफसाइड ठहरिएका थिए ।
१९ औं मिनेटमा युभेन्टसले खेलमा फर्कने सुवर्ण अवसर गुमायो । फेडेरिको बर्नार्डेस्कीले तीन डिफेन्स र गोलरक्षक समेतलाई छलाएर गोल गर्न नजिक पुगेको अवस्थामा मार्सेलोले अन्तिम समयमा उत्कृष्ट ट्याकल गर्दै सम्भावित गोल टारे ।

२० औं मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा क्रिस्टियानो रोनाल्डोको हेडरले पोस्टको दिशा लिन सकेन । ३५ औं मिनेटमा रोनाल्डोले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक वालमा लागेर फर्कियो । लगत्तै जुआन क्वाडराडोको क्रसमा हिगुआइनको हेडरलाई गोलरक्षक लोपेसले दोस्रो प्रयासमा बचाए ।
४० औं मिनेटमा युभेन्टस खेल बराबरीमा ल्याउने अवसरबाट चुक्यो । पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकमा रोनाल्डोको प्रहारलाई गोलरक्षक लोपेसले सानदार बचाउ गरेका थिए । लगत्तै मिरालेम प्यानिचले त्यस्तै स्थानबाट प्रहार गरेको फ्रिकिकमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो ।
प्यानिचको फ्रिकिकले वालमा बसेका कप्तान मेम्फिस डिपाएको हातमा लागेपछि इटालियन टोलीले पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफको ५२ औं मिनेटमा प्यानिचको लामो फ्रिकिकलाई गोलरक्षक लोपेसले पन्च गरिदिए । ५७ औं मिनेटमा लियोनका ब्रुनो गुइमारेसले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार आकासियो ।
खेलको ६० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रको बाहिरबाट रोनाल्डोले बायाँ खुट्टाले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक लोपेसले बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

६४ औं मिनेटमा युभेन्टसका डिफेन्डर लिओनार्डो बोनुचीको हेडरले पोस्टको दिशा लिन सकेन । त्यसको चार मिनेटपछि नै अनमार्क रहेका गोन्जालो हिगुआइनको हेडर पनि पोस्टभन्दा थोरैले बाहिरियो । ७५ औं मिनेटमा रोनाल्डोको हेडरले पोस्टको दिशा लिन नसक्दा युभेन्टस समग्रमा अग्रता लिनबाट चुक्यो ।
युभेन्टसले चोटबाट संघर्ष गरिरहेका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई मैदान प्रवेश गराएपनि उनी पुन: चोटका कारण २० मिनेटभन्दा बढी खेल्न सकेनन् । खेलको ८९ औं मिनेटमा युभेन्टस काउन्टर अट्याकमा अगाडि बढेपनि फर्नान्डो मार्सालले ड्यानीलोलाई लडाउँदै युभेन्टसको आक्रमणमा ब्रेक लगाए ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा रोनाल्डोको फ्रिकिक वालमा लागेर बहिरिंदा युभेन्टसले समग्रमा अग्रता लिने अवसर गुमायो ।
लियोनले अब क्वाटरफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत शुक्रबार भएको राउन्ड अफ १६ को दोस्रो लेगमा २-१ को जित दर्ता गर्दै सिटीले रियललाई प्रतियोगिताबाट नकआउट गरेको छ । पहिलो लेगमा २-१ को जित दर्ता गरेको सिटी समग्रमा ४-२ को जितसँगै अगाडि बढ्न सफल रहयो । सिटीको दुवै गोल डिफेन्डर राफाएल भारानको गल्तीमा रहीम स्टर्लिङ र ग्याब्रीएल जेससले गरेका थिए । रियलका करीम बेन्जेमाले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए ।
यो पनि पढ्नुहोस : रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो!
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]