9 years ago
August 26, 2016
मोनाको (एजेन्सी)
पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीले उनको पूर्व क्लब बार्सिलोनासँग च्याम्पियन्स लिग फुटबलको समूह चरणमै प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।

पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीले उनको पूर्व क्लब बार्सिलोनासँग च्याम्पियन्स लिग फुटबलको समूह चरणमै प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
गए राती भएको लिगको ड्रमा बार्सिलोना, सिटीसँगै समूह सीमा स्कटिस च्याम्पियन सेल्टिक र जर्मन क्लब बोरुसिया बोरुसिया मोन्चेनग्लाडवाच पनि छ ।
सिटीमा पहिलो सिजन विताइरहेका ग्वार्डिओला बार्सिलोनामा निकै सफल भएका थिए । दुई पटक बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएका उनले सन् २००८ देखि २०१२ सम्म टोलीलाई १४ उपाधि दिलाएका थिए ।
साविक विजेता रियाल म्याड्रिड समूह एफमा जर्मनीको बरुसिया डर्टमन्ड, पोर्चुलको लिस्बन र पोल्यान्डको लेगिया वार्सासँग परेको छ ।
च्याम्पियनसि लिगको समूह विभाजन
समूह ए – पेरिस सेन्ट जर्मेन (फ्रान्स), आर्सनल (इङ्ल्यान्ड), बासेल (स्विट्जरल्यान्ड), लुडोगोरेट्स (बुल्गेरिया)
समूह बी – बेनफिका (पोर्चुगल), नेपाली (इटाली), डाइनोमो किभ (युक्रेन), बेसिकटास (टर्की)
समूह सी – बार्सिलोना (स्पेन), म्यानचेस्टर सिटी (इङ्ल्यान्ड), बोरुसिया मोन्चेनग्लाडवाच (जर्मनी), सेल्टिक (स्कटल्यान्ड)
समूह डी – बायर्न म्युनिख (जर्मनी), एट्लेटिको म्याड्रिड (स्पेन), पिएसभि आएनहोभेन (नेदरल्यान्ड्स), रोस्तोभ (रसिया)
समूह इ – सिएसकेए मस्को (रसिया), बायर लेभरकुसन (जर्मनी), टोटेनह्याम (इङ्ल्यान्ड), मोनाको (फ्रान्स)
समूह एफ – रियाल म्याड्रिड, बरुसिया डर्टमन्ड (जर्मनी), स्पोर्टिङ लिस्बन (पोर्चुगल), लेगिया वार्सा (पोल्यान्ड)
समूह जी – लेस्टर सिटी (इङ्ल्यान्ड), पोर्टो (पोर्चुगल), क्लब ब्रुगे (बेल्जियम), एफसी कोपनहेगन (डेनमार्क)
समूह एच – युभेन्ट्स (इटाली), सेभिया (स्पेन), लियोन (फ्रान्स), डाइनोमो जार्गेब (क्रोएसिया)
च्याम्पियन्स लिगका खेल तालिका
१३ –१४ डिसेम्बर – समूह चरणको पहिलो खेल
६–७ डिसेम्बर – समूह चरणका अन्तिम खेल
१४ –१५/२१–२२ फेब्रुअरी – अन्तिम १६ को पहिलो लेग
७–८/१४–१५ मार्च – अन्तिम १६ को दोस्रो लेग
११ –१२ अप्रिल – क्वार्टरफाइनलको पहिलो लेग
१८ –१९ अप्रिल – क्वार्टरफाइनलको दोस्रो लेग
२–३ मे – सेमिफाइनलको पहिलो लेग
९–१० मे – सेमिफाइनलको दोस्रो लेग
३ जुन – फाइनल (कार्डिफ)
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]