9 years ago
August 27, 2016
बर्लिन (एजेन्सी)– रोर्बेट लेवान्डोवस्कीको ह्याट्रिकसँगै बुन्डेसलिगाको पहिलो खेलमा बार्यन म्युनिखले शुक्रबार वेडर बे्रमनलाई ६–० को फरालिो जित हासिल गरेको छ । प्रशिक्षक कार्लो एन्सेलोटीको पहिलो खेलमा जावी अलन्सोले भलीमार्फत नवौं पहिलो गोल गरेका भने लेवान्डोवस्कीले १३ औं मिनेटमा गोलअन्तरलाई दोब्बर पारेका थिए । थिए । कप्तान फिलिप लाहम र फ्रान्क रेबेरीले १/१ गोल गरेको खेलमा लेवान्डोवस्कीले दोस्रो हाफको पहिलो मिनेट र ७६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । लाहमले ६६ र रिबेरीले ७३ औं मिनेटमा गोल गरेका थिए ।

साविक विजेता टोलीका ६ मध्ये तीन गोलमा थोमस मुलरले पास मिलाएका थिए । बोरुसिडा डटर्मन्डबाट बार्यन पुगेका रक्षक माट्स हुमेल्सले पुरा समय खेले भने १९ बर्षे मिडफिल्डर रेनाटो कान्चेज वैकल्पिक रुपमा प्रयोग भएका थिए । पेप ग्वार्डिओला म्यानचेस्टर सिटी गएपछि एन्सेलोटीले उनको ठाँउ लिएका थिए । यसै महिना उनले टोलीलाई जर्मन सुपर कप जिताएका थिए ।
जितपछि एन्सेलोटीले भने, ‘इमान्दारीपूर्वक भन्नु पर्दा, मैले धेरै केही परिवर्तन गरेको छैन । यो आफै धेरै बलियो टोली हो । हामीले दमदार सुरुआत गरेका थियो । सुरुमै गोल गरेपछि खेल हाम्रो नियन्त्रणमा रह्यो । सबै ठिक भएको छ । ’
लेवान्डोवस्कीले भने,‘हामीले धेरै राम्रो खेल्यौं । हामीले आक्रामक खेलेको र पुरा खेल नियन्त्रणमा राख्यौं । म खुसी छु । मैले गोल गरे अनि हामी जित्यौं पनि ।’
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]