default_image

5 years ago

August 18, 2020

नेयमार र एमबाप्पेसँगै पीएसजीको अग्निपरीक्षा

198 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एटलान्टाविरुद्ध अन्तिम समयमा गोल नगरेको भए क्लबको लागि यो सिजन विगतका सिजनझैं सामान्य रहने थियो । खेलको १ मिनेट बाँकी रहँदा पनि प्रतियोगिताबाट बाहिरिने पक्काजस्तो देखिएको पीएसजी अन्तिम समयमा दुई गोल गर्दै जोगियो ।

पीएसजीका लागि मार्किन्हसले ९० औ मिनेटमा र एरिक माक्सिम चुपो मोटिङले इन्ज्युरी समयमा गोल गर्दै अन्तिम चारमा स्थान पक्का गरे । यद्यपि पीएसजीलाई खेलमा फर्काउन भने ब्राजिलियन फरवार्ड नेयमार र फ्रान्सेली युवा किलीयन एमबाप्पेको भूमिका महत्त्वपूर्ण थियो ।

पीएसजीले यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा मंगलबार आरबी लाइप्जिगको सामना गर्दैछ । पहिलो पटक फाइनल पुग्ने प्रयासमा रहेका दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोमान्चक हुने अपेक्षा गरिएको छ । धेरैको नजर उपाधि दाबेदारको रुपमा रहेको पीएसजीमा रहनेछ । यता एकपछि अर्को टोलीलाई स्तब्ध पार्दै आएको लाइप्जिगलाई पनि कमजोर आँक्न मिल्दैन ।

सन् २०११ मा कतारी मालिकले टोलीको स्वामित्व खरिद गरेपछि पीएसजीले च्याम्पियन्स लिगलाई आफ्नो प्रमुख लक्ष्य बनाउँदै आएको छ । तर टोलीले क्वाटरफाइनल चरण पार गर्न नै सकेन । झन्डै साढे २ दशकपछि इतिहासमै दोस्रो पटक पीएसजी यस चरणसम्म आइपुगेको छ । यसक्रममा पीएसजीले घरेलु फुटबलमा २४ उपाधिको लागि प्रतिस्पर्धा गर्दा ७ लिगसहित १८ पटक उपाधि जित्यो ।

सन् १९९४-९५ पछि पीएसजी पहिलो पटक सेमिफाइनल पुगेको छ । कतारी मालिक आएपछि सुरुवाती ४ सिजन क्वाटरफाइनलमा रोकिएको पीएसजी त्यसपछि भने लगातार तीन सिजन अन्तिम १६ मै रोकियो । सन् २०१७ मा बार्सिलोना र पछिल्लो सिजन म्यानचेस्टर युनाइटेडविरुद्धको हारले टोलीलाई थप पिडा दिएको छ ।

पीएसजीले एटलान्टाविरुद्ध गोल नगर्दासम्म इतिहास फेरी दोहोरिने देखिएको थियो । तर त्यसो भएन । यो पीएसजी विगतको तुलनमा फरक छ । त्यो पछिल्लो नतिजाले पनि पुष्टि गरेको छ । समूह चरणमा रियल म्याड्रिड रहेको समूहमा ५ जित र १ बराबरीसहित शीर्षस्थानमा रहेको पीएसजीले अन्तिम १६ मा डर्टमुन्डसँग पहिलो लेगमा हारेपनि पुनरागमन जित दर्ता गर्यो । त्यसपछि एटलान्टासँग जितले टोलीको मनोबल पनि बढेको छ ।

सन् २०१७ मा पीएसजीले विश्व कीर्तिमानी २ सय २२ मिलियन युरोमा नेयमारलाई अनुबन्धन गर्यो । लगत्तै एमबाप्पे पनि १ सय ८० मिलियन युरोमा पीएसजी आइपुगे । तर पछिल्लो दुवै सिजन च्याम्पियन्स लिगको मुख्य खेलमा नेयमार चोटका कारण उपस्थित थिएनन् । नेयमार अनुपस्थित हुनु पनि पीएसजी चुक्नुको कारण मानिएको थियो ।

यसपटक पनि एमबाप्पे चोटका कारण खेल्न नपाउँदा पीएसजी बाहिरिने डर थियो । तर प्रशिक्षक टुचेलले उनलाई दोस्रो हाफमा मैदान प्रवेश गराए र त्यसको फलस्वरुप खेलमा पीएसजी पुनरागमन गर्न सफल भयो । यसपटक लिग वन रद्द भएर पनि पीएसजीका खेलाडीले उचित विश्राम पाएका छन् । लियोनको प्रदर्शनले पनि त्यसलाई थप पुष्टि गरेको छ ।

पीएसजीले चाहेर पनि सेमिफाइनलमा यति सहज खेल पाउने थिएन । लाइप्जिग पहिलो पटक प्रतियोगिताको अन्तिम चारसम्म आइपुगेको हो । यस सिजनअघि लाइप्जिगले च्याम्पियन्स लिगमा मात्र २ खेल जितेको थियो । मुख्य फरवार्ड टिमो वेर्नर नै क्लबमा नहुनुले पीएसजीलाई सहयोग हुनेछ ।

एटलेटिको म्याड्रिडलाई पराजित गरेपनि लाइप्जिगको प्रदर्शन सन्तोषजनक मात्र थियो । पीएसजीले आफ्नो स्तरअनुसार प्रदर्शन गरे खेल कठिन हुने छैन । इतिहास रच्ने संघारमा रहेकाले पीएसजीलाई केहि दबाब हुनेछ नै, यता लाइप्जिग भने त्यसलाई अवसरको रुपमा लिने दाउमा हुनेछ । नेयमार र एमबाप्पेसहित पीएसजीलाई पनि यो खेल अग्निपरीक्षा नै हुनेछ ।

यो पनि :

पीएसजी विरुद्ध लाइप्जिग : प्रशिक्षक गुरु-चेलाको भिडन्त

पीएसजी र लाइप्जिगको पहिलोपटक फाइनल पुग्ने लक्ष्य

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.