default_image

5 years ago

August 21, 2020

नेयमारले फाइनल खेल्न पाउने

197 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले च्याम्पियन्स लिगको फाइनल खेल्न पाउने भएका छन् ।

युरोपेली फुटबलको सर्वाेच्च निकाय (यूईएफए) ले युइएफएको कोरोना प्रोटोकल तोडेका नेयमारलाई चेतावानी मात्रै दिँदै कारवाही नगर्ने बताएपछि फाइनल खेल्न पाउने भएका हुन् । पीएसजीले आइतबार राति जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोर्चुगलको लिस्वनमा हुनेछ ।

पीएसजीले जर्मन क्लब आरबी लाइप्जिगमाथि तथा बायर्नले फ्रान्सेली क्लब लियोनमाथि समान ३–० को जत निकाल्दै फाइनलमा स्थान बनाएको थियो । पीएसजीले लाइप्जिगमाथि ३–० को जित निकालेपछि नेयमारले लाइप्जिगका डिफेन्डर मार्सेल हेलस्टेनबर्गसँग जर्सी साटासाट गरेका थिए ।

यूईएफएको कोरोना प्राटोकल तोडेका कारण नेयमारलाई एक खेलको प्रतिबन्धसँगै १२ दिनको अनिवार्य सेल्फ आइसोलेसनमा राख्ने अनुमान गरिएको थियो । युइएफएको ३१ पेजको प्रोट्रोकलमा खेलाडीलाई मैदानमै आफ्नो जर्सी नउतार्न जोड दिने बताएको थियो ।

कोरोना नियमअनुसार कुनै नियम तोडेमा एक खेलको प्रतिबन्ध र १२ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सजाय राखिएको थियो । तर जर्सी साटासाट गर्न नपाइने भन्दापनि नगर्न सुझाव मात्र भएकाले कारवाही नगर्ने भएको हो ।

यो पनि : च्याम्पियन्स लिग फाइनल : दुई च्याम्पियनको भिडन्त

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.