default_image

4 years ago

August 23, 2020

फुटबल खेलाडी विश्वासको घरमा आगलागी

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन क्लब हिमालयन शेर्पाका खेलाडी विश्वास श्रेष्ठको स्याङ्जा वालिङ ८ मा रहेको घरमा आगलागी भएको छ । साँझमा खाना पकाउने समयमा ग्यास चुहावटबाट आगो लागेको विश्वासले बताए । आगलागीको समयमा भान्सा कोठामा रहेकी विश्वासकी आमा छलीकुमारी श्रेष्ठलाई अनुहारमा चोट लागेको छ । भान्सा रहेको तेस्रो तला र त्यसमाथिको तला पनि आगलागीबाट […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन क्लब हिमालयन शेर्पाका खेलाडी विश्वास श्रेष्ठको स्याङ्जा वालिङ ८ मा रहेको घरमा आगलागी भएको छ ।

साँझमा खाना पकाउने समयमा ग्यास चुहावटबाट आगो लागेको विश्वासले बताए । आगलागीको समयमा भान्सा कोठामा रहेकी विश्वासकी आमा छलीकुमारी श्रेष्ठलाई अनुहारमा चोट लागेको छ । भान्सा रहेको तेस्रो तला र त्यसमाथिको तला पनि आगलागीबाट नष्ट भएको छ ।

आगलागीबाट तेस्रो र चौथो तलाका ८ कोठामा क्षेती भएको उनले जानकारी दिए । आगलागीबाट नगद २ लाख सहित झन्डै ८ लाख रुपैयाँ बराबरको क्षति भएको विश्वासले बताए ।

‘आज नजिकै बनाउँदै गरेको घरको ढलान थियो । त्यसका लागि २ लाख रुपैयाँ झिकेर ल्याएका थियौं,’ उनले भने, ‘यस्तो घटना भएपनि ढलान पनि रोकेका छौं । आमालाई आगोले अनुहारमा भेटेको छ । अलि सुन्निएको छ । ’

वालिङ नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको यिथो । ए डिभिजन क्लब हिमालयन शेर्पा क्लब फरवार्ड विश्वासले चोटका कारण लिगका धेरै खेल गुमएका थिए । रुस्लान थ्री स्टारका पूर्व खेलाडी विश्वास एन्फा एकेडेमीका उत्पादन हुन् ।

राष्ट्रिय टोलीमा समेत परिसकेका विश्वास यू-१९ टोलीले सन् २०१५ मा साफ च्याम्पियन्सिप जित्दा टोलीका सदस्य थिए ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.