9 years ago
August 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – भेरिस्क इन्फर्मेसन टेक्नोलोजीले एम एण्ड एम रेमिट अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१६को उपाधि जितेको छ।

शनिबार भएको फाइनल खेलमा सेन्चुरी बैंकलाई आठ रनले पराजित गर्दै भेरिस्कले उपाधि उचालेको हो। यसअघीका दुइ संस्करणमा फाइनलमा पराजित भएको भेरिस्कले ६३ रनको सहज लक्ष्य पाएपनि एक समयमा दवाबमा देखिएको थियो। तर अन्तिम जोडीले संयमतापुर्वक खेलेपछि भेरिस्कले उपाधि पक्का गरेको हो।
यसअघी भेरिस्कले सेमिफाइनलमा सिटिजन्स बैंकलाई २३ रनले पराजित गरेको थियो। भने सेन्चुरीले यु-वि होममाथि ७३ रनको विशाल जित दर्ता गर्दै फाइनल पुगेको थियो।
प्रतियोगिताको प्लेयर अफ द सिरिज भेरिस्कक अर्जुन अर्याल भए। उनले दुइ जनाको लागि दुबईको दुइतर्फी टिकट प्राप्त गरे भने उत्कृष्ट बलर भेरिस्ककै सुरज तिमिल्सिना भए। उत्कृष्ट ब्याट्सम्यान सेन्चुरीका दिवस भट्टराई र उत्कृष्ट फिल्डर सेंचुरिकै विष्णु तिवारी भए।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]