9 years ago
August 28, 2016
म्यानचेस्टर (एजेन्सी) –म्यानचेस्टर सिटीले पनि प्रिमियर लिगको तेस्रो खेलसम्म विजयी यात्रालाई निरन्तरता दिने क्रममा आइतबार वेस्टह्यामलाई ३-१ ले हराएको छ । सिटीको जितमा रहिम स्टेर्लिङ केन्द्रमा रहे । उनले दुई गोल गरेका थिए ।

सातौं मिनेटमा स्टेर्लिडले गोल गरेको खेलमा फर्नान्डिन्होले १८ औं मिनेटमा गोल गरे । ५८ औं मिनेटमा मिचेल एन्टोनियोले गोल फर्काउँदै सिटीमाथि दबाब बढाउने कोसिस गरेको थियो । तर, अन्तिम मिनेटमा स्टेर्लिङ अर्को गोल थप्दै जितलाई पक्का गरे ।
लगातार तेस्रो जितसँग सिटी शीर्ष स्थानमा पुगेको छ । पेप ग्वार्डिओलाको सिटीसँग समान ९ अंक भएपनि गोलअन्तरमा चेल्सी दोस्रो र सिटीको सहरी प्रतिद्धन्द्धि म्यानचेस्टर युनाइटेड तेस्रोमा छ । लिगकै अर्को खेलमा वेस्ट ब्रुमविच र मिडल्सब्रोले गोलरहित बराबरी खेलेका छन् ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]