default_image

5 years ago

September 3, 2020

मेस्सीलाई बार्सिलोनामा सहयोग नपुगेको भिडालको बुझाइ

152 views

0 Bookmark

एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र चिली तथा क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडालले बार्सिलोनामा मात्रै १३ जना व्यवसायिक खेलाडी रहेको बताएका छन् । यसकारण पनि मेस्सीले आवश्यक सहयोग नपाएको उनको बुझाइ छ

टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको र टोली नै मेस्सीमा निर्भर रहँदा बार्सिलोना यो सिजन उपाधिविहीन बन्नुपरेको समेत उनले बताएका छन् । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न मुनिखसँग ८–२ को लज्जास्पद हार बेहोर्दै बार्सिलोना यो सिजन उपाधिविहीन बनेको थियो ।

यता नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीको मर्मत गर्ने योजना बनाइरहेका छन् । लुइस सुआरेज, इभान राकिटिच र सर्जियो बुस्क्वेट्सजस्ता अनुभवी खेलाडीहरुले युवा खेलाडीको लागि ढोका खोलिदिएका छन् । तर, मिडफिल्डर भिडालले टोली अझै बलियो बनाउनको लागि यि खेलाडीहरुले एकेडेमीका उत्पादित खेलाडीभन्दा राम्रो गर्न सक्ने बताएका छन् ।

‘बार्सिलोनाले आफ्नो सोच बदल्नुपर्दछ । ‘बार्सिलोना’ नाम मात्रैले फुटबलमा जित्न सकिदैन । अन्य टोलीहरुले कमजोर पक्षमा सुधार गरिरहेका छन् । यस स्तरमा अधिक शारीरिक शक्ति, गतिमा प्रदर्शन निर्भर हुन्छ । प्राविधिक पक्ष कहिलेकाही कम महत्वपुर्ण हुन्छ,’ भिडालले भने, ‘तीन वर्षअघिको बार्सिलोना जस्तो टोली बनाउनुपर्दछ । विश्वको सर्वश्रेष्ठ टोलीसँग १३ व्यवसायिक खेलाडीहरु मात्रै हुनुहुँदैन ।’

बार्सिलोनाको एकेडेमी ला मासियाले जाभी हर्नान्डेज, आन्द्रेस इनिस्टा, जेरार्ड पिके र मेस्सीजस्ता विश्वस्तरीय खेलाडी उत्पादन गरेका छन् । तर, पछिल्लो समय ला मासियाबाट उनीहरु स्तरकै खेलाडी उत्पादन भएका छैनन् । टोलीमा पर्याप्त अनुभवी खेलाडी पनि रहेका छैनन् ।

‘तपाई जहिले पनि ‘बार्सिलोना’ ब्रान्डले जित्न सक्नुहुन्न । मेस्सीलाई पछिल्लो समय राम्रो खेलाडीको साथ मिलेको छैन । मेस्सी अद्भुत छन्, तर उनलाई पनि उच्च प्रदर्शन गरिरहन स्तरीय खेलाडीको साथ आवश्यक पर्छ,’ भिडालले भने ।

३३ वर्षीय भिडालले क्लबका कप्तान मेस्सीले बार्सिलोना छाड्ने निर्णय गर्नु आफ्नो इच्छा रहेको र उनको सम्भावित गन्तव्य म्यानचेस्टर सिटी नै रहेको बताएका छन् । ‘क्याटलानमा २० वर्ष बिताएका मेस्सी विश्वको सर्वश्रेष्ठ खेलाडी हुन् । अब उनले आफ्नो गन्तव्य रोज्न पाउनुपर्छ । सम्भवत उनी सिटी नै जान्छन् होला,’ भिडालले थपे ।

नयाँ प्रशिक्षक कोम्यानको योजनामा भिडालसहित सुआरेज, राकिटिच र स्यामुइल उम्टिटी रहेका छैनन् । भिडाल नाम पछिल्लो समय इन्टर मिलानसँग जोडिएको छ । सुआरेजलाई कोम्यानले ६० सेकेन्डको फोन कलमा आफ्नो योजनामा नरहेको बताइसकेका छन् । बुस्क्वेट्स र जोर्डी अल्बा पनि बाहिरिन सक्नेछन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.