5 years ago
September 2, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले पछिल्लो १३ वर्षमा चारपटक मात्रै स्पेनिस ला लिगाको उपाधि जित्न सफल भएको छ ।

यो अवधिमा निकटतम् प्रतिद्धन्द्धी क्याटलान क्लब बार्सिलोना ८ पटक र एट्लेटिको मड्रिड एकपटक मात्रै स्पेनिस च्याम्पियन बनेको छ । ला लिगाको सर्वाधिक ३४ पटकको च्याम्पियन रियलले २००८, २०१२, २०१७ र २०२० मा उपाधि जितेको थियो ।
रियलले जतिपटक ला लिगाको उपाधि जितेको छ । त्यति नै पटक क्याटलान क्लब बार्सिलोनामा स्टार खेलाडीहरुले अप्रत्यक्ष रुपमा पीडादायी बिदाईहरु निम्त्याएको छ । अझ भनौ जतिपटक रियलले जितेको छ । त्यति नै पटक बार्सिलोनामा केही न केही घटना भएको छ ।
ठुला स्टार खेलाडीले बिदाईको हात नै धुनुपरेको अवस्था आएको छ । यो इतिहास केलाउदा पछिल्लोपटक रियल च्याम्पियन बन्दा बार्सिलोनामा समस्या नै समस्या सिर्जना गरिदिएको छ । विशेष गरी पछिल्लोपटक क्लबका अध्यक्ष जोसेप मारिया बार्टाेमेउ र क्लबका कप्तान लियोनेल मेस्सीबीच विवादको श्रृंखला जारी छ ।
रोनाल्डिन्हो र ग्वार्डिओलाको ड्रेसिङ रुम (२००८)

प्रशिक्षक फ्रान्क राइकार्ड २००३ देखि २००८ सम्म बार्सिलोनाको प्रशिक्षक रहेका थिए । यो अवधिमा बार्सिलोना दुईपटक च्याम्पियन बनेको थियो । बार्सिलोनाको खराब प्रदर्शनपछि क्लबका अध्यक्ष जोन लापोर्टाले प्रशिक्षक राइकार्डको सम्झौता नवीकरण नगर्ने निर्णय गर्यो ।
त्यतिबेला रोनाल्डिन्होको सट्टा डेभिड बेकह्यामलाई हस्ताक्षर गर्ने वाचा गरेपनि अन्ततः प्रशिक्षक राइकार्ड नै बर्खास्तीमा परेका थिए । रिजकार्ड बाहरिएसँगै बार्सिलोनाले आफ्नो पुर्व मिडफिल्डर पेप ग्वार्डिओलालाई प्रशिक्षकमा नियुक्त गरे ।
त्यसपछि ग्वार्डिओलाले बार्सिलोनाको ड्रेसिङ रुम सफा गर्ने योजना बनाए । डेको र रोनाल्डिन्हो क्लबका लागि उत्कृष्ट फुटबलर रहेपनि त्यतिबेला मेस्सी उत्कृष्ट खेलाडीको रुपमा देखिएका कारण प्रशिक्षकको नजरमा दुवै थिएनन् ।
उनीहरु रहिरहे मेस्सीको बिकासलाई अवरुद्ध पार्न सक्ने भएकाले जेको र रोनाल्डिन्हो दुवै क्लबबाट बेचिएका थिए । यो सम्झनुपर्छ कि ब्राजिलियन त्यस समयमा विश्वको सर्वश्रेष्ठ खेलाडीहरुमध्ये एक थियो । तर, यो दर्दनाक निकास हो जुन सफलताको अझ ठुलो अवधिलाई सुरु गर्न आवश्यक थियो ।
ग्वार्डिओला युगको अन्त्य (२०१२)

ग्वार्डिओला आएपछि बार्सिलोनाले स्पेनमा चमत्कार नै गर्यो । उनले बार्सिलोनालाई लगातार तीन सिजन स्पेनिस च्याम्पियन बनाए । धेरैले ग्वार्डिओलाको यो समयलाई बार्सिलोनाको इतिहासकै अर्थात योहान क्राएफपछिको उत्कृष्ट समय भनेर समेत व्याख्या गरेका थिए ।
तर, ग्वार्डिओलाको यो धैर्यता चौथो सिजनमा देखिएन । २०१२ मा जोसे मौरिन्होको रियल म्याड्रिडलाई उपाधि सुम्पिएको थियो । त्यसपछि क्लबको बोर्डसँग अफ पित सम्वन्धका कारण स्पेनी प्रशिक्षकले बार्सिलोनामा निरन्तरता पाउन सकेन । चार सिजनमा १४ उपाधिसँगै बार्सिलोनामा ग्वार्डिओलाको युग अन्त्य भयो ।
नेयमारको रिलिज क्लज र पीएसजी (२०१७)

२०१३ मा बार्सिलोनाले ब्राजिली नेयमारलाई अनुबन्ध गरेको थियो । त्यसको ४ वर्षपछि अर्थात २०१७ मा नेयमारलाई विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बेचेको थियो । त्यतिबेला बार्सिलोना ला लिगा जित्नबाट बञ्चित बनेको थियो । जसलाई बार्सिलोनाले अझैपनि बिर्सन सकेको छैन ।
च्याम्पियन्स लिगको सफलतापछि रियल म्याड्रिका प्रशिक्षक जिनेदिन जिदानले सार्वजनिक रुपमै ला लिगा जित्नु आफ्नो लक्ष्य रहेको र आफ्नै शैलीमा फिर्ता गर्न हासिल भएको बताएको थियो । यो सिजनमा रियलले च्याम्पियन्स लिग र ला लिगा जित्दै बार्सिलोनालाई दुःखी तुल्याएको थियो ।
च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा पीएसजीमाथि ६–१ को अविस्मरणीय जित दर्ता गरेपनि बार्सिलोना क्वाटरफाइनलभन्दा अघि बढ्न सकेन । दोस्रो लेगमा पीएसजीलाई पराजित गर्दा उच्च प्रदर्शन गरेका नेयमारमाथि पीएसजीले आँखा लगाउदै क्याटलान क्लबमा तरंग फैलायो । अन्ततः बार्सिलोना विश्व कीर्तिमानी मुल्यमा नेयमार बेच्न बाध्य बन्यो । नेयमारको यो प्रस्थानले बार्सिलोना आफ्नो लयमा फर्कन सकेको छैन ।
मेस्सी र बुरोफ्याक्स (२०२०)

बार्सिलोनामा अहिले फेरि त्यस्तै अवस्था सिर्जना भएको छ । १२ वर्षपछि क्लब उपाधिविहीन बन्दा बार्सिलोनामा ठुलो हलचल नै पैदा भएको छ । कोपा डेल रे मा एथ्लेटिको बिल्वाओसँग हार, एल क्लासिकोमा रियल म्याड्रिडसँग हार, ला लिगा उपाधि रियललाई सुम्पनु र च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँगको हार र कप्तान मेस्सीले क्लब छाड्न फ्याक्समार्फत पठाएको पत्रले बार्सिलोनामा ठुलो समस्या रहेको तथ्य बाहिर ल्याएको छ ।
यस्तै मुख्य प्रशिक्षक क्विके सेटिन बर्खास्त, नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबका सिनियर खेलाडीलाई फोन गर्दै योजनामा नरहेको बताउनुले पनि बार्सिलोनाको समस्या उजागर गरिदिएको छ । मेस्सीले बार्सिलोना छाड्ने नछाड्ने पछि नै थाहा हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]