5 years ago
September 3, 2020
एजेन्सी – इंग्लिस क्लब आर्सनलले दोस्रो सिजन पनि स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर ड्यानी सेवालोसलाई लोनमा आर्सनलमै अनुबन्ध गर्ने भएको छ ।

यस विषयमा दुवै क्लबबीच सहमति भइसकेको र सम्झौतामा नयाँ विषय केही पनि समावेश गरिएको छैन । दुवै क्लबबाट आधिकारिक निर्णय आउन बाँकी छ । २४ वर्षीय मिडफिल्डर सेवालोस गत सिजन लोनमा आर्सनल पुगेको थिए । उनले त्यहाँ अघिल्लो सिजन ३७ खेलमा मौका पाउदा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
त्यसैले पनि आर्सनलले सेवालोसलाई पुनः क्लबमै राख्ने निर्णय गरेको हो । सेवालोस सोमबार रियल म्याड्रिडको प्रशिक्षणमा सामेल भएका थिए । सेवालोस लन्डन फर्केर औपचारिक प्रक्रिया पूरा गर्दैछन् ।
रियल आफ्ना मिडफिल्डरलाई अझै पनि आफ्नो टोलीमा राख्न चाहन्छ । सेवालोसले पनि सान्टियागो बर्नाबेउमा खेल्ने सपना त्यागेका छैनन् । तर, उनले अझै पनि रियलमा नियमति खेल्न पाउने बुझेका छैनन् । सेवालोसको मनपर्ने गन्तव्य पनि आर्सनल नै हो । उनले मिकेल अर्टेटाबाट आफ्नो प्रदर्शनमा थप निखारता ल्याउन सक्ने बुझेका छन् ।

सेवालोस रियलबाट बाहिरिने पछिल्लो खेलाडी हुनेछन् । रियलबाट यसअघि रेनिएर जेसस जर्मन क्लब बोरुसिया डर्टमुन्डमा तथा ताकेफुसा कुवो स्पेनिस क्लब भिल्लारियलमा लोनमा अनुबन्धित भइसकेका छन् ।
ब्राहिम डियाज लोनमा इटालियन क्लब एसी मिलान र हामेस रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा स्थायी रुपमा जाने अन्तिम तयारीमा छ । आधिकारिक पुष्टि हुन बाँकी छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]