5 years ago
September 3, 2020
एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसको क्लबमा अलग पहिचान रहेको प्रशिक्षक जिनेदिन जिदान बताएका छन् ।

क्रुसको व्यक्तित्वकै कारणमा यनले अनुरुपको आदर पाउने गरेको प्रशिक्षकले प्रष्ट पारेका छन् । फ्रान्सेली प्रशिक्षकका अनुसार जर्मन अन्तर्राष्ट्रिय सामान्यतया शान्त रहने स्वभाव भएपनि आवश्यकता पर्दा भने आफ्नो विचार राख्ने गरेको बताएका छन् ।
‘टोनी धेरै बोल्दैनन् । शान्त छन् । उनी अन्तरमुखी स्वभावका छन् । तर जति बेला उनलाई बोल्न आवश्यक लाग्छ त्यति बेला सबैले उनलाई सुन्छन्,’ जिदानले भने, ‘उनी प्रशिक्षक, निर्देशक वा सहकर्मीलाई पनि आफ्नो भनाई राख्छन् । मैले धेरै पटक अनुभव गरेको छु, उनका सुझावहरु महत्त्वपूर्ण हुने गर्छन् ।’
जिदानले क्रुसको क्षमता र मिडफिल्डमा भएको विविधताको पनि चर्चा गरेका छन् । ‘उनी त्यस्ता खेलाडी हुन् , जो नं ६ का रुपमा पूर्णत मिडफिल्डरका रुपमा खेल्न सक्छन् वा उनीलाई नं १० को भूमिका ठिक हुन्छ,’ क्रुसको तारिफमा जिदानले भने, ‘स्थिरता नै उनको मुख्य क्षमता हो । उनी कहिल्यै आत्तिदैनन् । उनी दुवै खुट्टाले मज्जाले फुटबल खेल्न सक्छन् । त्यसमा पनि बायाँ अझै राम्रो चल्छ ।’
जिदान त्यतिमा रोकिएनन् । ‘उनका लागि फुटबल र परिवार नै सब थोक हो । बाँकी विषयमा उनलाई खासै चासो छैन,’ जिदानले भने, ‘म जति बेला रियलमा प्रशिक्षकका रुपमा आए क्रुसलाई प्रशिक्षण दिन पाउँदा मलाई खुसी लाग्यो ।’
जिदानले सर्जियो रामोस, क्रिस्टियानो रोनाल्डो, गेराथ बेल र क्रुस जस्ता खेलाडीलाई प्रशिक्षण दिन पाउँदा खुसी लागेको बताए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]