5 years ago
September 3, 2020
एजेन्सी – नयाँ सिजनको इटालियन सिरी ‘ए’ को खेल तालिका सार्वजनिक भएको छ । आयोजक इटली फुटबल फेडेरेसनले बुधबार २०२०–२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।

सिरी ‘ए’ २० सेप्टेम्वर २०२० मा शुरु भएर २३ मे २०२१ मा सम्पन्न हुनेछ । तालिका अनुसार नयाँ प्रशिक्षक आन्द्रे पिर्लाेको टोली युभेन्टसले घरेलु मैदानमा साम्पडोरियासँग खेल्दै नयाँ सिजनको शुरुवात गर्नेछ । जुन प्रशिक्षक पिर्लाेको लागि सिरी ‘ए’ को डेब्यु प्रशिक्षण खेल हुनेछ ।

यस्तै एन्टेनियो कोन्टेको इन्टर मिलानले यसै सिजन शीर्ष डिभिजनमा फर्किएको बेनेभेन्टोको भ्रमण गर्दैछ । यस्तै पहिलो राउन्डमा एसी मिलानले बोलोग्ना, नेपोलीले पर्मा, फियोरेन्टिनाले टोरिनो, जिनोआले क्रोटोन, लाजियोले एटलान्टा, सस्सुलोले काग्लिएरी, उडिनेसीले स्पेजिया र भेरोनाले रोमासँग प्रतिस्पर्धा गर्नेछ ।
सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टसले गत सिजन उपाधि जित्दै कीर्तिमानी १०औं पटक सिरी ‘ए’ च्याम्पियन बन्न सफल भएको थियो । युभेन्टस यसपटक पनि च्याम्पियन बन्ने दाँउमा हुनेछ । इन्टर मिलान, एसी मिलान, एटलान्टा, लाजियो, नेपोली र रोमा पनि सिरी ‘ए’ जित्ने अभियानमा हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]