5 years ago
September 2, 2020
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पीएसजीले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन खेलाडीमा कोरोना संक्रमण भएको बताएको थियो । क्लबले खेलाडीको नाम भने सार्वजनिक गरेको थिएन । तर फ्रान्सको ले’एकिपेले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल डी मारिया र लिआन्ड्रो पारेडेसलाई कोरोना संक्रमण भएको जनाएको छ । पीएसजीको लिग खेल स्थगित भएपछि खेलाडीले केहि विश्राम पाएका थिए ।
नेयमार, डी मारिया र पारेडेससँगै अन्य खेलाडी स्पेनको इबिजा बिचमा छुट्टी मनाउन गएका थिए । यूईएफए च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसँग पराजित भएपछि पीएसजी पहिलो उपाधिबाट बन्चित भएको थियो । पीएसजी इतिहासमै पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो ।
फ्रान्सेली लिगको नियम अनुसार अब पीएसजीको लिग खेल पनि स्थगित हुने सम्भावना बढेको छ । लिगको नियम अनुसार ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिए खेल स्थगित गर्नुपर्ने छ । क्लबले केहि दिनमा नै अन्य खेलाडी र टोली सदस्यको कोरोना परिक्षण गर्नेछ ।
भर्खरै च्याम्पियन्स लिग खेलेका कारण पीएसजीको सिजनको पहिलो खेल सेप्टेम्बर १० लाई सारिएको थियो । पीएसजीले लेन्ससँग खेल्दै फ्रेन्च लिग वानको सुरुवात गर्ने तालिका रहेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]