default_image

4 years ago

September 2, 2020

आयाक्सका मिडफिल्डर म्यानचेस्टर युनाइटेडमा

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले नेदरल्यान्ड्सको आयाक्स एम्स्टरड्यामबाट मिडफिल्डर डोनी भान डे बिकलाई अनुबन्ध गरेको छ । युनाइटेडले ३५ मिलियन पाउण्ड खर्चंदै ५ मिलियन सम्भावित बोनससहित आयाक्सबाट मिडफिल्डरलाई भित्र्याएको हो । डोनीले युनाइटेडसँग ५ वर्षका लागि अनुबन्धन गरेका छन् । २३ वर्षीय मिडफिल्डर नेदरल्यान्ड्सको राष्ट्रिय टोलीमा समेत नियमित रहँदै आएका छन् । उनी आयाक्सकै […]

45 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले नेदरल्यान्ड्सको आयाक्स एम्स्टरड्यामबाट मिडफिल्डर डोनी भान डे बिकलाई अनुबन्ध गरेको छ ।

युनाइटेडले ३५ मिलियन पाउण्ड खर्चंदै ५ मिलियन सम्भावित बोनससहित आयाक्सबाट मिडफिल्डरलाई भित्र्याएको हो । डोनीले युनाइटेडसँग ५ वर्षका लागि अनुबन्धन गरेका छन् । २३ वर्षीय मिडफिल्डर नेदरल्यान्ड्सको राष्ट्रिय टोलीमा समेत नियमित रहँदै आएका छन् । उनी आयाक्सकै युवा एकेडेमीबाट आएका हुन् ।

सन् २०१८-१९ मा आयाक्सलाई सेमिफाइनलसम्म डोर्याउँदा डोनीको प्रदर्शन उत्कृष्ट रहेको थियो । उनलाई युनाइटेडले त्यसै सिजनपछि अनुबन्ध गर्ने खोजेको थियो । तर अर्का मिडफिल्डर फ्रांकी डे जोङ बार्सिलोना गएपछि आयाक्सले दुवैलाई एकै सिजनमा छोड्न मानेको थिएन । युनाइटेडले डोनीको अनुबन्धसंगै मिडफिल्ड झनै बलियो बनाएको छ ।

डोनीले आयाक्सको सिनियर टोलीबाट १ सय ७५ खेल खेल्दै ४१ गोल गरेका छन् । उनले युनाइटेडबाट प्रिमियर लिगको पहिलो खेलका लागि नै छनोट हुन योग्य भएका छन् । युनाइटेडले यस सिजनको ट्रान्सफर विन्डोमा पहिलो खेलाडीको रुपमा डोनीलाई अनुबन्ध गरेको हो । यसअघि क्लबले गोलरक्षक डिन हेन्डरसनको सम्झौता नविकरण गरेको थियो ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.