default_image

5 years ago

September 3, 2020

हिगुआइन इन्टर जाने सम्भावना

151 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी तथा इटालियन क्लब युभेन्टसका फरवार्ड गोन्जालो हिगुआइन अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामी जाने सम्भावना बढेको छ ।

टीवाइसी स्पोर्ट्सका रिपोर्टअनुसार हिगुआइनले इंग्ल्यान्डको पूर्व खेलाडी डेभिड बेकह्यामको इन्टर मियामीसँग दुई वर्षको सम्झौता गर्ने तयारी गरेका छन् । अर्थात उनी डिसेम्बर २०२२ सम्म इन्टर मियामीमा अनुबन्धित हुनेछ । ३२ वर्षीय फरवार्डको आफ्नो पुर्व सहयात्री ब्लेइस माटुइडीसँग पुनर्मिलन हुनेछ ।

यस्तै हिगुआइन एमएलएस क्लब पुगे उनको १४ वर्षे युरोप बसाई सकिनेछ । हिगुआइनले १४ वर्ष युरोपमा रहँदा रियल म्याड्रिड, नेपोली, युभेन्टस, एसी मिलान र चेल्सीबाट व्यवसायिक खेल खेलेका थिए । युभेन्टसका नयाँ प्रशिक्षक आन्द्रिए पिर्लोले उनीसँग व्यक्तिगत छलफल गर्दै आफ्नो योजनामा नरहेेको जानकारी दिएका थिए ।

अर्जेन्टिनी क्लब रिभर प्लेटबाट खेल जीवन शुरु गरेका हिगुआइनले २००७ देखि २०१३ सम्म स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलेका थिए । उनले रियलबाट २६४ खेलमा १२१ गोल गरे । त्यसपछि इटालियन क्लब नेपोलीमा तीन सिजन बिताएका हिगुआइनले १४६ खेलमा ९१ गोल गरे ।

त्यसपछि युभेन्टस पुगेका हिगुआइनले युभेन्टसबाट १४८ खेलमा ६६ तथा लोनमा एसी मिलानबाट २२ खेलमा ८ तथा इंग्लिस क्लब चेल्सीबाट १९ खेलमा ५ गोल गरेका थिए ।

उनले रियलबाट तीनपटक ला लिगा, दुईपटक सुपर कोपा र एकपटक कोपा डेल रे जितेका छन् । नेपोलीबाट समान एकपटक कोपा इटालिया र सुपरकोपा जितेका छन् । यस्तै युभेन्टसबाट तीनपटक सिरी ‘ए’, दुईपटक कोपा इटालिया र चेल्सीबाट एकपटक युरोपा लिग जितेका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.