5 years ago
September 3, 2020
एजेन्सी – रियल म्याड्रिड तथा स्पेनिस राष्ट्रिय टोलीका कप्तान सर्जियो रामोसले यूईएफए नेसन्स लिग अन्तर्गत जर्मनीविरुद्ध खेलअघि पत्रकार सम्मेलनमा विभिन्न प्रश्नहरुको जवाफ दिए । उनले मेस्सीदेखि राष्ट्रिय टोलीको तयारीसम्म आफ्नो अभिव्यक्ति दिएका थिए ।

लुइस एन्रिकेसँग फेरी काम गर्दा कस्तो महसुस भएको छ ?
उनी उत्कृष्ट प्रशिक्षक हुन् । उनलाई फिर्ता पाउनु हाम्रो लागि राम्रो हो । हामीबाट सक्दो राम्रो प्रदर्शन निकाल्न उनले भरपुर प्रयास गर्नेछन् । उनको परिवारमा निकै दुखद घटना घट्यो, त्यसका बाबजुद उनलाई फ्र्ता पाउँदा हामी खुसी छौं ।
लिओनेल मेस्सीको अवस्थाबारे के भन्न चाहनुहुन्छ ?
यसबारे मैले धेरै ध्यान दिएको छैन । तर मेरो विचारमा मेस्सीलाई आफ्नो भविष्यबारे निर्णय गर्ने अधिकार छ । यसो भनिरहँदा स्पेनिस फुटबल, बार्सिलोना र हामी सबैको लागि पनि उनी बसेको हेर्न चाहन्छु । हामी उत्कृष्ट खेलाडीको वरपर नै खेलिरहन चाहन्छौं ।
रियल म्याड्रिडसँग सम्झौता नवीकरणबारे केहि कुरा अघि बढेको छ ?
हामीले यसबारे निर्णय लिन बाँकी छ । तर अहिलेको अवस्थामा म र क्लब दुवै पक्ष यसबारे धेरै सोचिरहेका छैनौं । मैले यहाँ धेरै वर्षदेखि खेल्दै आएको छु र छोड्ने भन्ने सोच बनाएको छैन । मलाई विश्वास छ क्लबसँग राम्रो सहमति छिट्टै हुनेछ । अहिलेलाई मेरो ध्यान अर्को सिजन कसरि राम्रो गर्ने भन्नेमा छ ।

ओलम्पिकमा सहभागी हुने विषयमा सोच्नुभएको छ ?
अहिले म आउने खेलको विषयमा मात्र सोच्दैछु । ओलम्पिकको विषयमा अहिले नै केहि बोल्न सक्दिन । आउने सिजन समय अभावका कारण पनि निकै कठिन हुनेछ । हामीले ३ दिनको अन्तरमा लगातार खेल्नुपर्ने अवस्था छ ।
लगातार खेल भएकाले कुनै खेलमा विश्राम लिने सोच्नुभएको छ ?
जब स्पेन खेल्छ, मैले देशको प्रतिनिधित्व गर्ने अवसर पाउँछु । म हरेक खेल खेल्दै आफ्नो योगदान दिन तत्पर छु । कहिले कहीं टोलीमा खेलाडी परिवर्तन गर्दै अन्यलाई अवसर दिने पनि अवस्था आउला । तर म स्पेनले बोलाउँदा हरेक पटक खुसीसाथ उपलब्ध हुनेछु ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]