default_image

5 years ago

September 3, 2020

जर्मनी र स्पेन भिड्दै

162 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगो दोस्रो संस्करणमा आज (बिहीबार) राति पहिलो चरणमा विभिन्न १० खेलमा प्रतिस्पर्धा हुदैछ ।

युइएफए नेसन्स लिग २०२०–२१ को समूह चरणको खेल बिहीबारदेखि सुरु भएसँगै १० महिनापछि अन्तर्राष्ट्रिय फुटबल सुरु हुनेछ । युइएफए नेसन्स लिग ‘ए’ ग्रुप चारमा रहेको जर्मनी र स्पेनको खेलसँगै अन्य खेल बिहीबार राति हुनेछ ।

खेल जर्मनीको स्टुटगार्टमा रहेको मर्सिडिज बेन्ज एरिनामा नेपाली समय अनुसार राति १२ः३० शुरु हुनेछ । युवा खेलाडीको बाहुल्यता रहेको दुवै टोली समुहको पहिलो खेल जित्दै सुखद शुरुवात गर्नै दाउमा हुनेछ ।

जर्मनीसँग युवा फरवार्ड टिमो वेर्नर, लिरोए साने, मिडफिल्डमा काई हाभर्टज, जुलियन ब्रान्ट, टोनी क्रुस, इकेए गुन्डोगान,रोविन गोसेन्स र इम्री क्यान हुनेछन् । यस्तै गोलरक्षकमा ब्रन्ड लेनो र डिफेन्समा निक्लस सुल, म्याथियस जिन्टर, थिलो केरहरले मौका पाउन सक्ने सम्भावना छ ।

यता, सर्जियो रामोसको कप्तानीमा रहेको स्पेनका लागि मार्काे एसेन्सियो, जेरार्ड मोरेनो, रोड्रिगो, थियागो अलकान्तरा, सर्जियो बुस्क्वेट्स, फवियन, जोसे गाया, डिएगो लोरेन्टे, जेसस नाभास र गोलरक्षकमा किपा एरिजाबालगाले मौका पाउने सम्भावना छ । अन्सु फातीले सिनियर टोलीबाट ‘डेब्यु’ गर्ने सम्भावना छ ।

पछिल्लो तीन भेटमा यि दुई टोली समान एक जित, बराबरी र हारको नतिजा निकालेको छ । स्पेन पछिल्लो ६ खेलमा अपराजित रहेको छ । यसक्रममा चार जित र दुई बराबरीको नतिजा छ ।

यस्तै जर्मनी युरो छनोटमा नेदरल्यान्डसँग ४–२ ले पराजित भएयता, पछिल्लो पाँच खेलमा अपराजित छ । यसक्रममा जर्मनीले चार जित र एक बराबरीको नतिजा निकालेको छ । जर्मनीले दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनासँगको मैत्रीपुर्ण खेलमा २–२ गोलको बराबरी खेलेको थियो ।

यही समूहको अर्काे खेलमा युक्रेन र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुदैछ । खेल युक्रेनमा हुनेछ । नेसन्स लिगको यो दोस्रो संस्करण हो । पहिलो संस्करणमा पोर्चुगल च्याम्पियन बनेको थियो ।

अन्य खेल

ग्रुप ‘डी’ – १

लात्भिया विरुद्ध एन्डोरा (राति ९ः४५ बजे)

फारो आइल्यान्ड विरुद्ध माल्टा (राति १२ः३० बजे)

ग्रुप ‘बी’ –१

रसिया विरुद्ध सर्विया (राति १२ः३० बजे)

टर्की विरुद्ध हंगेरी (राति १२ः३० बजे)

ग्रुप ‘बी’ –४

बुल्गेरिया विरुद्ध आयरल्यान्ड (राति १२ः३० बजे)

फिनल्यान्ड विरुद्ध वेल्स (राति १२ः३० बजे)

ग्रुप ‘सी’ – ३

माल्दोभा विरुद्ध कोसोभो (राति १२ः३० बजे)

स्लोभेनिया विरुद्ध ग्रीस (राति १२ः३० बजे)

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.