5 years ago
September 3, 2020
एजेन्सी – लियोनल मेस्सीको भविष्यका विषयमा बार्सिलोना र मेस्सीका पिताबीच बुधबार बसेको बैठकमा कुनै सहमति हुन सकेन ।

मेस्सीका पिता जोर्गे मेस्सी र बार्सिलोनका अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच सौहार्द र व्यवासयिक छलफल भएपछि कुनै सहमति बन्न नसकेको बताइएको छ । छलफलमा मेस्सीका पिताका साथै मेस्सीका सल्लाहकार समेत रहेका उनका दाजु रोड्रिगो तथा क्लबको तर्फबाट अध्यक्ष बार्टोमेउ र निर्देशक जाभियर बोर्डास समावेश थिए ।
‘मेरो छोरा बार्सिलेनमा बस्ने छैनन्,’ बार्सिलोनाका अध्यक्षलाई मेस्सीका पिताले यस्तो भनेको सञ्चारमाध्यमले दाबी गरेका छन् । झन्डै डेढ घन्टा चलेको बैठकमा क्लबको मत भने भिन्न थियो । यदि क्लब छाड्ने हो भने ७ सय मिलियन युरो रिलिज क्लब रहेको दोहोर्याएका छन् । सहमतिका लागि दुई पक्षबीच फेरि छलफल हुने बताइएको छ ।
मेस्सीले केहि दिन अघि क्लबलाई पत्र लेख्दै क्लब छाड्न चाहेको बताएका थिए । तर, क्लब भने उनलाई छाड्ने पक्षमा छैन । मेस्सी र क्लबबीच सन् २०२१ सम्म सम्झौता रहेको छ । मेस्सी र क्लबबीच कुनै सहमति नबनेपछि एजेन्ट समेत रहेका मेस्सीका पिता बुधबार अर्जेन्टिनाबाट बार्सिलोना पुगेका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]