5 years ago
September 3, 2020
एजेन्सी – ब्राजिल फुटबल कन्फेडेरेसन (सिबिएफ) ले पुरुष राष्ट्रिय टोली र महिला राष्ट्रिय टोलीका फुटबलरहरुलाई समान तलब दिने घोषणा गरेको छ ।

सिबिएफले बुधबार एक विज्ञप्ति जारी गर्दै महिला र पुरुष खेलाडीहरुलाई समान तलब सुविधा र भत्ता दिने घोषणा गरेको हो । यो घोषणा अनुसार पुरुष खेलाडीलाई जति तलब दिइएको छ महिला खेलाडीले पनि उति नै तलव पाउने सिबिएफका अध्यक्ष रोजेरियो काबोक्लोले बताएका छन् ।
यो घोषणासँगै ब्राजिलका थोरै परिचित महिला खेलाडीहरू कप्तान मार्टा, फर्मिगा र लेटिसिया सान्तोसले पुरुष खेलाडीहरु नेयमार, ग्याब्रियल जेसस र रोबर्टो फिर्मिनो जस्ता विश्वव्यापी सुपरस्टारहरूले जति नै समान तलव र भत्ताहरू प्राप्त गर्नेछन् ।

यसअघि नर्वे, अष्ट्रेलिया र न्युजिल्यान्डले महिला र पुरुष राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई समान तलव सुविधा दिदै आएको छ । सिबिएफको यो निर्णय महिला टोली र टिमका स्विडिस प्रशिक्षक पिया सुन्धागेलाई मार्चमा नै जानकारी गराइसकेको थियो ।
‘यो ऐतिहासिक क्षण हो । यो इतिहासको हिस्सा बन्न पाउँदा म अत्यन्तै खुसी छु,’ ब्राजिलियन महिला टोलीकी पहिलो महिला प्रशिक्षक सुन्धागेले भनिन् । यो निर्णय अर्को वर्ष टोकियोमा आयोजना हुने ओलम्पिक खेल र पुरुष र महिला विश्वकपमा लागु हुनेछ ।
ब्राजिलियन लिगले गतबर्ष नै महिला र पुरुषको पुरस्कार राशी बराबर बनाएको थियो । विश्व फुटबलमा ब्राजिलको महिला र पुरुष फुटबल टोलीलाई सर्वाधिक सफल मानिन्छ । ब्राजिलले सर्वाधिक पाँचपटक विश्वकप जितेको छ भने महिला टोली पनि हरेक प्रतियोगितामा उपाधिको दावेदारको रुपमा बलियो उपस्थिति जनाउदै आएको छ ।
गत मार्चमा अमेरिकी महिला राष्ट्रिय टोलीले पहिलोपटक पुरुष खेलाडी सरह तलब र भत्ता नदिएको भन्दै आफ्नो देशको फुटबल महासंघबिरुद्ध मुद्दा दायर गरेका थिए । तर, त्यो मुद्धालाई सुनुवाई गर्दै गत मे मा न्यायाधीशले खारेज गरेपनि महिला टोलीले पुनः अपिल गरेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]