default_image

5 years ago

September 3, 2020

मेस्सी बार्सिलोनामै रहने सम्भावना !

118 views

0 Bookmark

एजेन्सी – सुपर स्टार लियोनल मेस्सी बार्सिलोनामा बस्न सक्ने सम्भावना बढेको छ । मेस्सीका एजेन्ट समेतका पिता जर्ज मेस्सी र बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच बिहीबार उनको भविष्यका विषयमा कुराकानी भएको थियो ।

मेस्सीले केहि दिन अघि पत्र लेख्दै क्लब छाड्न चाहेको बताएका थिए । तर, क्लब भने उनलाई सहजै गुमाउने पक्षमा छैन । मेस्सी र क्लबबीच तिक्तता बढ्दै गएपछि जर्ज छलफलका लागि अर्जेन्टिनाबाट बार्सिलोना पुगेका थिए । मेस्सीका पिताले अध्यक्ष बार्टोमेउलाई छोराले क्लब छाड्न चाहेको प्रष्ट पारेको समाचारमा बताइएको थियो ।

बार्टोमेउले भने छलफल सकारात्मक भएको उल्लेख गरेका छन् । उनको विश्वासमा ३३ वर्षे मेस्सीले अझै एक सिजन क्लबलाई नेतृत्व दिनेछन् । ‘दुवै पक्षले आ आफ्नो विचार राख्यौं । छलफल राम्रो भयो । एकअर्का बीचको गुनासा पनि राखियो,’ बोर्टोमेउलेले भने, ‘छलफलका क्रममा मेस्सी बार्सिलोनामै रहने सम्भावना पनि छ ।’

मेस्सी र क्लबबीचको सम्झौता आउने जुनमा सकिनेछ । त्यसअघि मार्चमा क्लबको अध्यक्षको निर्वाचन हुँदैछ । मेस्सी क्लबमा बस्न राजी भएको खण्डमा आफु राजीनामा समेत गर्न तयार रहेको बार्टोमेउले बताएका थिए ।

सुरुवातमा बार्टोमेउले अर्को दुई वर्षको थप सम्झौताका लागि प्रस्ताव गरेका थिए । तर, मेस्सीको पक्ष भने त्यसका लागि तयार देखिदैन । थप सम्झौता नभएपनि अहिले भएको सम्झौता सम्म भने मेस्सी बार्सिलोनामै बस्ने सम्भावना देखिएको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.