काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी बि डिभिजन लिग २०७३ अन्तर्गत सोमबार भएको खेलमा टुसाल युथ क्लब र च्यासल युथ क्लब विजयी भएका छन्।
च्यासलले सातदोबाटो युथ क्लबलाई २-१ले हराएको थियो भने टुसालले महाबिरमाथि ३-१को जित दर्ता गर्यो। च्यासलको जितमा विनोद केसी र अरुण श्रेष्ठले गोल गरे। टुसालको जितमा अनिल धिमाल र दोर्जे तामाङले गोल गरे भने विकास गुरुङले आत्मघाती गोल गरेका थिए।
दिनको अर्को खेलमा भने श्री कुमारी क्लब र नयाँबस्ती युथ क्लबले १-१ गोलको बराबरी खेले।