5 years ago
September 4, 2020
एजेन्सी – युइएफए नेसन्स लिगमा रसियाले सर्वियामाथि सहज जित हात पारेको छ । घरेलु मैदान भिटिभी एरिनामा रसियाले सर्वियामाथि ३–१ को सहज जित हात पारेको हो ।

बिहीबार राति भएको खेलमा रसियाको जितमा कप्तान अर्टिम ज्युवाले दुई तथा काराभाइवले एक गोल थपे । सर्वियाका एलेक्सान्डर मिट्रोभिकले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा सबै चार गोल सम्भव भएको थियो । दोस्रो हाफको शुरुमै ४८औं मिनेटमा रसियाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको थियो । पेनाल्टी बक्समा मारियो फर्नान्डेसले रसियाका जेलिमखान बाकाइभलाई लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान अर्टिम ज्युवा चुकेनन् ।
६७औं मिनेटमा रोमन जबनिनको पासमा काराभाइवले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार सिधै गेलमा परिणत हुदा रसियाले खेलमा २–० को अग्रता बनायो । ७८औं मिनेटमा एलेक्सान्डर मिट्रोभिकले डार्काे लाजोभिकको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
तर त्यसको तीन मिनेटपछि कप्तान अर्टिम ज्युवाले गोल गर्दै रसियालाई ३–१ को सहज स्थितिमा ल्याए । सर्वियाका डिफेन्डरको गल्तीमा उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलरक्षक एन्टन सुनिनले रोक्ने कुनै अवसर नै पाएन ।
त्यसपछि थप गोल निस्कन नसक्दा रसिया ३–१ ले वियजी हुन सफल भयो । बल पोजेसनमा पकड बनाएपनि सर्वियाले रसियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।
यही समूहको अर्काे खेलमा हंगेरीले टर्कीमाथि १–० को झिनो जित निकालेको छ । हंगेरीको जितमा खेल सकिन १० मिनेट बाँकी रहँदा डोमिनिकिले गरेको गोल नै निर्णायक बन्यो । अब रसियाले हंगेरीसँग तथा सर्वियाले टर्कीसँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ ।
अन्य नतिजा
ग्रुप ‘ए’ –४
जर्मनीविरुद्ध स्पेन (१–१)
युक्रेनविरुद्ध स्वीट्जरल्यान्ड (२–१)
ग्रुप ‘डी’ – १
लात्भियाविरुद्ध एन्डोरा (०–०)
फारोइ आइल्यान्डविरुद्ध माल्टा (३–२)
ग्रुप ‘बी’ –४
बुल्गेरियाविरुद्ध आयरल्यान्ड (१–१)
फिनल्यान्डविरुद्ध वेल्स (०–१)
ग्रुप ‘सी’ – ३
माल्दोभाविरुद्ध कोसोभो (१–१)
स्लोभेनियाविरुद्ध ग्रीस (०–०)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]