5 years ago
September 4, 2020
एजेन्सी – युइएफए नेसन्स लिगमा वेल्सले फिनल्यान्डमाथि झिनो जित निकालेको छ । वेल्सले फिनल्यान्डलाई उसकै मैदानमा १–० को झिनो जित निकालेको हो ।

बिहीबार राति भएको खेलमा वेल्सको जितमा काइफर मोरेले खेल सकिन १० मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो ।
प्रतिस्पर्धात्मक खेलको चौथो मिनेटमा नै वेल्सका ड्यानियल जेम्सको क्रसमा काइफर मोरेले हेडरमार्फत गोल गरेपनि मान्यता पाएन । उनले गोल गर्नुअघि विपक्षी खेलाडीलाई धकेलेको देखिएो थियो । सातौ मिनेटमा जेम्सकै क्रसलाई फिनल्यान्डका गोलरक्षक लुकासले विफल पारे ।

रिवाउन्डमा बेल पुग्न ढिला हुदा ओजालाले क्लियर गर्दै सम्भावित गोल टारे । १८औं मिनेटमा बेलको प्रहार बाहिरियो । २४औं मिनेटमा फिनल्यान्डका टिमु पुक्कीले गोल गरेपनि उनको गोलले पनि मान्यता पाएन । उनले बल पाउनुअघि नै जोनी काउकोले वेल्सका खेलाडीलाई फउल गरिसकेका थिए ।
५१औं मिनेटमा फिनल्यान्डले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । कर्नरबाट आएको बललाई जोइल पोजनपालोको हेडर पोस्टमा लागेर फर्कदा चार यार्डमा रहेका लियो भइसानेनको प्रहारले पोस्टको गति लिन सकेन ।

८०औं मिनेटमा ड्यानियल जेम्सको पासमा काइफर मोरेले गोल गर्दै वेल्सलाई १–० को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा वेल्सले महत्वपुर्ण जित दर्ता गर्यो ।
यही समूहको अर्काे खेलमा बुल्गेरिया र आयरल्यान्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जितसँगे वेल्सले ग्रुप ‘बी’ को ४ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । फिनल्यान्ड पुछारमा रहँदा बुल्गेरिया र आयरल्यान्ड दोस्रो र तेस्रो स्थानमा छ ।
अब दोस्रो खेलमा वेल्सले बुल्गेरियासँग तथा आयरल्यान्ड र फिनल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]