default_image

5 years ago

September 4, 2020

पीएसजीका थप तीन खेलाडीमा कोरोना संक्रमण

139 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का थप तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि ब्राजिली स्टार नेयमारसहित थप दुई खेलाडीमा कोरोना पुष्टि भएपछि अन्य खेलाडी तथा पदाधिकारीको कोरोना परिक्षण गर्दा थप तीन खेलाडीमा कोरोना पुष्टि भएको हो । पीएसजीले विज्ञप्ति जारी गर्दै पछिल्लोपटकको कोरोना परिक्षणमा थप तीन खेलाडीमा कोरोना पुष्टि भएपनि नाम भने गोप्य नै राखेको छ ।

तर फ्रान्सको ले’एकिपेले क्लब स्रोतलाई उदृत गर्दै पछिल्लोपटक गोलरक्षक केलर नाभास, डिफेन्डर मार्किन्हस र फरवार्ड मोउरो इकार्डीमा कोरोना पुष्टि भएको दावी गरेको छ ।

एक साताको बीचमा ६ जना खेलाडीमा कोरोना पुष्टि भएसँगै पीएसजीको नयाँ सिजनको यात्रा थप अन्योलता बढेको छ । कोरोना पुष्टि भएका सबै ६ खेलाडी क्वारेन्टिनमा बसिसकेका छन् । अगस्ट अन्तिम साता च्याम्पियन्स लिगको फाइनलपछि खेलाडीहरुले विश्राम पाउदा छुट्टी मनाउन स्पेनको इबिजा बिचमा पुगेका थिए ।

फ्रान्सेली लिगको नियम अनुसार अब पीएसजीको लिग खेल पनि स्थगित हुने सम्भावना बढेको छ । लिगको नियम अनुसार ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिए खेल स्थगित गर्नुपर्ने छ ।

भर्खरै च्याम्पियन्स लिग खेलेका कारण पीएसजीको सिजनको पहिलो खेल सेप्टेम्बर १० लाई सारिएको थियो । पीएसजीले लेन्ससँग खेल्दै फ्रेन्च लिग वानको सुरुवात गर्ने तालिका रहेको छ । तर, अब यो नहुने सम्भावना बढेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.