default_image

5 years ago

September 4, 2020

एट्लेटिको मड्रिडका कोस्टालाई कोरोना

119 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

क्लबले शुक्रबार कोस्टासहित अर्का खेलाडी सान्टियागो एरियासलाई कोरोना पुष्टि भएको विज्ञप्तिमार्फत पुष्टि गरेको छ । दुई खेलाडीलाई कोरोना पुष्टि भएसँगै उनीहरुले प्रि–सिजनको टुर गुमाउनेछन् । उनीहरु सेल्फ आइसोलेसनमा बसिसकेका छन् ।

क्लबले अभ्यास र प्रि–सिजनमा जानुअघि खेलाडीको कोरोना परिक्षण गरेको थियो । यि दुई खेलाडी मड्रिडको छुट्टीको समयमा रहेका थिए । अब उनीहरुले कोरोना संक्रमणबाट बाहिर आउने बित्तिकै अर्थात दुई साताको क्वारेन्टिन पुरा गर्दै टोलीमा सामेल हुनेछन् ।

यसअघि एटलेटिको म्याड्रिड च्याम्पियन्स लिग खेल्नुअघि पनि टोलीका केहि खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । एटलेटिको च्याम्पियन्स लिगमा आरबी लाइप्जिगसँग २-१ ले पराजित हुँदै क्वाटरफाइनलमा नै रोकिएको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.