5 years ago
September 4, 2020
एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर गेराथ बेल ७१ दिन पछि मैदानमा फर्केका छन् । वेल्सका बेल युइएफ नेसन्स लिगमा बिहीबार फिनल्यान्डविरुद्ध मैदानमा उत्रेका थिए ।

३१ वर्षे बेलले पछिल्ला पटक जुनमा ला लिगामा रियल मालोर्काविरुद्ध अन्तिम मैदान प्रवेश गरेका थिए । त्यसपछि भने उनको र रियलका प्रशिक्षक जिनेदिन जिदानबीच सम्बन्ध राम्रो हुन सकेको छैन । रियलले ला लिगा जित्दा बेल भने छायाँमा परेका थिए ।
जति बेला उनी राष्ट्रिय टोलीबाट खेल्छन्, त्यहाँ त्यसको प्रभाव देखिन्छ । ‘जति बेला म देशका लागि खेल्छु । मलाई खुसी लाग्छ र सहज महसुस गर्छु,’ बेलले भने, ‘म्याड्रिडका मान्छेले के सोच्छन् त्यसले मलाई खासै फरक पर्दैन । बानी परिसकेको छ । वेल्समा हुँदा मेरो मनोबल उच्च हुन्छ ।’
पछिल्लो सिजन उनले रियलका लागि २२ खेल खेल्दै २ गोल गरेका थिए । तर वेल्सका लागि उनले पछिल्लो ८ खेल गुमाएका छैनन् । त्यसयता रियलमा भन्दा उनले वेल्सका लागि बढी गोल गरेका छन् । एक पटक फेरि हेल्सिन्के ओलम्पिक स्टेडियममा राष्ट्रिय टोलीबाट खेल्दा बेल खुसी देखिन्थे ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]