default_image

5 years ago

September 4, 2020

इटली बोस्नियासँग भिड्दै

137 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिगमा आज (शुक्रबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । इटली, नेदरल्यान्ड, पोल्यान्ड, आयरल्यान्ड, चेक रिपब्लिक र स्कटलल्यान्डले आ–आफ्नो टोलीसँग प्रतिस्पर्धा गर्दैछन् ।

इटलीले घरेलु मैदानमा बोस्निया एन्ड हर्जगोभिनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । समूह ‘सी’ को ४ मा रहेको इटली बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै नेसन्स लिगमा सुखत सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

अनुभवी र स्टार खेलाडीले भरिएको इटली बोस्नियामाथि सहज जित हात पार्ने दाउमा हुनेछ । जियानलुजी डोनररुम्मा, जर्जियो चिलियनी, लियोनार्दाे बोनुची, जियोभानी डि लोरेन्जो, ड्यानिलो डि एम्ब्रुसियो, जर्जिन्हो, क्रिस्टियानो बिराघी, सिरो इमोबिले र लोरेन्जो इन्सिग्ने जस्ता स्टार खेलाडीको इटलीलाई साथ छ ।

यता, इटालियन क्लब रोमाका फरवार्ड इडेन जेकोको नेतृत्वमा मैदानमा उत्रने बोस्निया इटलीलाई स्तब्ध पार्दै ३ अंक जोड्ने लक्ष्यमा मैदानमा उत्रनेछ । जेकोलाई इडेन भिस्का, एड्नान कोभाकइभिक, सिड कोलासिनाक, इल्डर सिभिक, मुहमेद बेसिस र लुका मिनालोले साथ दिनेछन् ।

पछिल्लो ६ खेलमा अपराजित रहेको इटली सोही लयलाई निरन्तरता दिने दाउमा हुनेछ । इटलीले पछिल्लोपटक गत नोभेम्वरमा भएको युरो छनोटमा अर्मेनियामाथि ९–१ को सानदार जित निकालेको थियो ।

यता, बोस्नियाले पछिल्लो ६ खेलमा समान तीन जित र तीन हारको नतिजा निकालेको छ । बोस्नियाले पछिल्लोपटक लिचेस्टाइनमाथि ३–० को जित निकालेको थियो ।

यि दुई टोलीको पछिल्लो दुई खेलमा नतिजामा दुवै खेलमा इटली वियजी भएको छ । गत नोभेम्वरमा भएको युरो छनोटमा इटलीले ३–० को जित हात पारेको थियो । त्यसअघि १२ जुन २०१९ मा २–१ को जित निकालेको थियो ।

अन्य खेल

‘सी’ ग्रुप – ४ : लिथुआनियाविरुद्ध काजकस्तान (राति ९ः४५ बजे), बेलारुसविरुद्ध अल्वानिया (राति १२ः३० बजे)

लिग ‘ए’ ग्रुप – १ : इटलीविरुद्ध बोस्निया एन्ड हर्जगोभिना (राति १२ः३० बजे), नेदरल्यान्डविरुद्ध पोल्यान्ड (राति १२ः३० बजे)

‘बी’ ग्रुप –१ : नर्वेविरुद्ध अष्ट्रिया (राति १२ः३० बजे), रोमानियाविरुद्ध नर्दन आयरल्यान्ड (राति १२ः३० बजे)

‘बी’ ग्रुप –२ : स्कटल्यान्डविरुद्ध इजरायल (राति १२ः३० बजे), स्लोभाकियाविरुद्ध चेक रिपब्लिक (राति १२ः३० बजे)

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.