default_image

5 years ago

September 4, 2020

नेदरल्यान्डको सामना गर्दै पोल्याड

168 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगको दोस्रो संस्करणको छनोट चरणको दोस्रो दिनको खेलमा शुक्रबार राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

नेसन्स लिगको समूह ‘ए’ को ४ मा रहेको नेदरल्यान्डले घरेलु मैद्यानमा पोल्यान्डलाई आतिथ्यता गर्दैछ । खेल योहान क्राएफ एरिना आम्सटर्डममा नेपाली समयअनुसार राति १२ः३० बजेपछि शुरु हुनेछ । यि दुई टोली २०१६ पछि पहिलोपटक भिड्न लागेका हुन् । स्टार खेलाडीले भरिएको नेदरल्यान्ड घरेलु मैदानमा पोल्यान्डलाई पराजित गर्दै नेसन्स लिगमा सुखद सुरुवात गर्ने दाउमा हुनेछ ।

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलका भर्जिल भान डाइक, जर्जिनियो वाइनाल्डम, क्याटलान क्लब बार्सिलोनाका फ्रान्की डि जोङ, सेभिल्लाका लुक डि जोङ, म्यानचेस्टर सिटीका नाथन एके, लियोनका मेम्फिस डिपाए, आयाक्सका क्विन्सी प्रोमिस र भ्यालेन्सियाका गोलरक्षक जस्पर सिलेसनजस्ता चर्चित खेलाडीको नेदरल्यान्डलाई साथ छ ।

नेदरल्यान्ड अन्तरिम प्रशिक्षक ड्वाइट लोडेवजेसको नेतृत्वमा मैदान उत्रदैछ । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान क्याटलान क्लब बार्सिलोनाको मुख्य प्रशिक्षक बनेपछि दि रोयल डच फुटबल फेडेरेसन (केएनभीबी) ले यसअघि सहायक प्रशिक्षक रहेका ड्वाइट लोडेवजेसलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको थियो । पछिल्लो ६ खेलमा ५ जित र एक बराबरीको नतिजा निकालेको हल्यान्डका अन्तरिम प्रशिक्षक ड्वाइटलाई यो पहिलो अग्निपरिक्षा हुनेछ ।

यता, पोल्यान्ड पनि हल्यान्डलाई पराजित गर्ने दाउमा हुनेछ । यो सिजन युरोपियन क्लब फुटबलमा सर्वाधिक गोलकर्ता बनेका रोवर्ट लेवान्डोस्की टोलीमा नरहेपनि पोल्यान्डसँग स्तरीय खेलाडीहरु रहेका छन् ।

लेवान्डोस्कीको अनुपस्थितिमा पोल्यान्डको अग्रपङ्ति क्रिजिस्टफ पियाटिक, बुक्सा र मिलिकले सम्हाल्नेछन् । मिडफिल्डमा नेपोलीका जेलिन्स्की, फ्रान्कोवस्की, क्लिच, लिनेट्टी र काड्जिओर रहने सम्भावना छ । यस्तै डिफेन्समा वेडनारेक, बिरेसयान्स्की, जिलिक, केड्जिओरा र रेवस रहँदा गोलरक्षकमा युभेन्टसका वोजचिएक सेचेज्नी रहने सम्भावना छ ।

पोल्यान्डले पछिल्लो ६ मध्ये ४ मा जित, १ बराबरी र एक हारको नतिजा निकाल्दा पछिल्लो चार खेलमा शतप्रतिशत जित निकालेको छ । पोल्यान्डले पछिल्लोपटक गत नोभेम्बरमा भएको युरो छनोटमा स्लोभेनियामाथि ३–२ को जित निकालेको थियो । यि दुई टोलीले पछिल्लोपटक २०१६ मा मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा हल्यान्ड २–१ ले विजयी भएको थियो ।

अन्य खेल

‘सी’ ग्रुप – ४

लिथुआनियाविरुद्ध काजकस्तान (राति ९ः४५ बजे)

बेलारुसविरुद्ध अल्वानिया (राति १२ः३० बजे)

लिग ‘ए’ ग्रुप – १

इटलीविरुद्ध बोस्निया एन्ड हर्जगोभिना (राति १२ः३० बजे)

‘बी’ ग्रुप –१

नर्वेविरुद्ध अष्ट्रिया (राति १२ः३० बजे)

रोमानियाविरुद्ध नर्दन आयरल्यान्ड (राति १२ः३० बजे)

‘बी’ ग्रुप –२

स्कटल्यान्डविरुद्ध इजरायल (राति १२ः३० बजे)

स्लोभाकियाविरुद्ध चेक रिपब्लिक (राति १२ः३० बजे)

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.