default_image

5 years ago

September 4, 2020

मेस्सी जानु रियलले रोनाल्डो गुमाए जस्तै

160 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीको सम्भावित बर्हिगमनलाई रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले रियलले क्रिस्टियानो रोनाल्डोलाई गुमाएको प्रसंगसँग तुलाना गरेका छन् ।

पोर्चुगिज सुपर स्टार रोनाल्डो रियल छाडेर सन् २०१८ मा इटालियन टोली युभेन्ट्समा आबद्ध भएका थिए । त्यो सिजन रियलको सन्तोषजनक हुन सकेन । यद्दपी टोलीले युरोपियन सुपर कप भने जितेको थियो । रोनाल्डो विना पनि पछिल्लो सिजनमा भने रियलले सुधारिएको प्रदर्शन गरेको थियो । गत सिजन रियलले ला लिगासहित सुपरकोपा डे स्पाना जितेको थियो ।

‘त्यो ठूलो घाटा हुनेछ । जस्तो रोनाल्डोले छाड्दा भएको थियो । तर हामीले बितेका विषयमा धेरै सोच्नु हुँदैन । यो फुटबल हो, यसमा यो स्वभाविक हो,’ मोड्रिचले भने,’ यदि उनका सरुवा भयो भने त्यो लिगका लागि पनि ठूलो घाटा हो । तर हामीले अघि बढ्नु पर्छ । अन्य खेलाडी स्टार भएर आउँनेछन् ।’

रियलबाट रोनाल्डोले छाड्दा जस्तो हो बार्सिलोनाबाट मेस्सी जाँदा त्यस्तै हुने मोड्रिचको अनुमान छ । उनले थपे, ‘रोनाल्डो विना रियल जस्तो भयो । मेस्सी विना बार्सिलोना पनि त्यस्तै हुन्छ ।’

मोड्रिचले नयाँ सिजनमा रियलले अझै राम्रो गर्ने विश्वास लिएका छन् । ‘हामीसँग युवा टोली छैन, तर अनुभव टोली छ । हामीसँग युवा खेलाडी छन्, जो भविष्यमा राम्रो हुनेछन्,’ मोड्रिचले अगाडि भने, ‘नयाँ खेलाडी किन्दा पनि त्यस्तै हो । हामीसँग पर्याप्त क्षमता छ । हामीले ला लिगामा देखाइसकेका छौं र फेरि त्यहि दोहोराउन सक्छौं ।’

कोरोना भाइरसका कारण केहि महिना स्थगित भएर सुरु भएको लिगमा रियल उच्च मनोबलका साथ उत्रेको मोड्रिचले स्मरण गरे । ‘हामीले फुटबल मिस गरेका थियौं । जितलाई मिस गरेको थियौं, ‘ उनले सम्झिए, ‘हामीले मेहनत गर्यौं । शारीरिक रुपमा लिगमा हामी उत्कृष्ट टोली थियौं । जसका कारण हामी जित्न सफल भयौं । त्यो मेरो दोस्रो लिग उपाधि थियो । म अझै बढी जित्न चाहन्छु ।’

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.