default_image

5 years ago

September 4, 2020

रोनाल्डोले क्रोएसियाविरुद्ध नखेल्ने

172 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले यूईएफए नेसन्स लिग अन्तर्गत क्रोएसियाविरुद्धको पहिलो खेल गुमाउने भएका छन् ।

प्रशिक्षण दौरान सामान्य चोट बोकेपछि रोनाल्डोले क्रोएसियाविरुद्धको खेल गुमाउने भएका हुन् । नेसन्स लिगको पहिलो संस्करणको च्याम्पियन पोर्चुगलले शनिबार राति घरेलु मैदानमा क्रोएसियासँग प्रतिस्पर्धा गर्दै दोस्रो संस्करणको सुरुवात गर्दैछ । पोर्चुगल प्रतियोगिताको साविक विजेता पनि हो ।

चोटकै कारण रोनाल्डो बिहिबारको प्रशिक्षणमा उपस्थित नरहेको पोर्चुगल फुटबल संघले जनाएको छ । ‘क्रोएसियाविरुद्ध रोनाल्डोले खेल्ने सम्भावना न्युन छ । नियमित जिम लिने क्रममा उनले दाहिने खुट्टाको औंलामा चोट बोकेको छ । उनी चोटबाट फर्कने प्रयास गर्दैछन् । सम्भवत शनिबार हुने खेल गुमाउनेछन् । अर्काे खेलमा उपस्थित हुनेमा विश्वस्त छौं ।’

पोर्चुगिज राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्तासमेत रहेका रोनाल्डो शतक गोलनजिक छन् । २००३ देखि राष्ट्रिय टोलीमा रहेका रोनाल्डोले हालसम्म १६४ खेलमा ९९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । रोनाल्डोले २०१९ मा १० खेलमा १४ गोल गरे । रोनाल्डोले पछिल्लोपटक १७ नोभेम्वर २०१९ मा लक्जेमवर्गविरुद्धको युरोकप छनोटमा एक गोल गर्दै ९९ गोल पुर्‍याएका थिए । राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्नेमा रोनाल्डो दोस्रो स्थानमा छन् ।

रोनाल्डोभन्दा अघि इरानका अली दाई १०९ गोल रहेका छन् । ५१ वर्षीय अली दाईले १९९३ देखि २००६ को बीचमा १४९ खेलमा १०९ गोल गर्दै कीर्तिमान बनाएका थिए । उनले २००६ मा कोस्टारिकाविरुद्ध ३–२ ले पराजित भएको मैत्रीपुर्ण खेलमा १ गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १०९ पुर्‍याएका थिए । ३५ वर्षे रोनाल्डो इरानका अली दाईको कीर्तिमान भेट्टाउने लक्ष्यमा छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.