5 years ago
September 4, 2020
एजेन्सी – ब्राजिली प्लेमेकर फिलिपे कौटिन्हो क्याटलान क्लब बार्सिलोनाको प्रशिक्षण क्याम्पमा समावेश भएका छन् ।

बार्सिलोनाले नयाँ सिजनका लागि ३० अगस्टबाट प्रशिक्षण थालेपनि कौटिन्हो झन्डै एक सातापछि प्रशिक्षण क्याम्पमा जोडिएका हुन् । कौटिन्होले जर्मन क्लब बायर्न म्युनिखमा आफ्नो एक वर्षको फलदायी लोनको समयसीमा पुरा गर्दै बार्सिलोना फर्किएका हुन् ।
२१ दिनअघि मात्रै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोनामाथि ८–२ को सानदार जित निकाल्दा कौटिन्होले दुई गोल र एक असिस्ट दिएका थिए ।

कोउटिन्हो अब म्मियामित प्रशिक्षणमा सहभागी हुन उनी स्पेन फर्किसकेका छन् । क्लबले प्रशिक्षण पिचमा प्राविधिक रुपमा प्रतिभाशाली मिडफिल्डर कौटिन्होले प्रशिक्षण गर्दै गरेको तस्विर सार्वजनिक गरेका छन् ।
एक तस्विरमा कौटिन्होले मास्कमा क्यामेरामा फेस गर्दै थम्स् दिएका छन् । अर्काे तस्विरमा २८ वर्षीय कौटिन्हो बलसँग दौडिरहँदा पृष्ठभुमिमा बार्सिलोनाका अन्य खेलाडीहरु प्रशिक्षण गरिरहेको देख्न सकिन्छ ।

इंग्लिस क्लब लिभरपुलका पुर्वखेलाडी कौटिन्हो यसै समरमा नोउक्याम्पबाट बाहिरिने सम्भावना छ । कौटिन्होको लागि चेल्सी, टोटेनहम, आर्सनल, लेस्टर सिटी लगायतले अनुबन्धको प्रयास गरिरहेका छन् । तर बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले उनलाई अझै बार्सिलोनामै राख्न सक्नेछ ।
क्लबका सिनियर खेलाडीहरु क्लबबाट बाहिरिने संघारमा रहेका कारण कौटिन्होलाई कोम्यानले टोलीमै राख्न सक्नेछन् । कप्तान लियोनेल मेस्सीको स्थानान्तरणको चर्चाले बार्सिलोना तनावको अवस्थामा रहेको छ ।
कौटिन्हो २०१८ मा लिभरपुलबाट बार्सिलोना पुगेका थिए । एक सिजन बार्सिलोनामा बिताएर राम्रो प्रदर्शन गर्न नसकेपछि बार्सिलोनाले कौटिन्होलाई लोनमा बायर्न पठाएको थियो । बायर्न यो सिजनको च्याम्पियन्स लिगको च्याम्पियन, बुन्डेसलिगा च्याम्पियन र जर्मन कप जित्दा कौटिन्हो टोलीका महत्त्वपुर्ण सदस्य रहेका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]