default_image

5 years ago

September 4, 2020

ला लिगालाई मेस्सीको जवाफ

167 views

0 Bookmark

एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेस्सीको सम्झौतालाई लिएर ला लिगाले अघिल्लो साता सुनाएको निर्णयको खण्डन गर्दै मेस्सीका पिता जोर्गे मेस्सीले शुक्रबार विज्ञप्ति जारि गरेका छन् ।

ला लिगाले बार्सिलोनाको समर्थन लिँदै यदि मेस्सीले क्लब छाड्ने हो भने त्यसका लागि क्लबलाई सम्झौतामा उल्लेख गरेअनुसार रिलिज क्लबको रकम तिर्नुपर्ने विज्ञप्तीमार्फत जानकारी गराएको थियो । ला लिगाले रिलिज क्लबको रकम तिरेको खण्डमा मात्र क्लब छाड्न सक्ने प्रष्ट पारेको थियो । मेस्सीको रिलिज क्लब ७ सय मिलियन युरो रहेको लिगको ठहर थियो ।

मेस्सीले त्यसअघि क्लबलाई पत्र लेख्दै सम्झौता रद्द गर्न आग्रह गरेका थिए । उनले यसो हुँदा विना कुनै ट्रान्सफर रकम अन्य क्लबमा सरुवा हुन पाउँथे । क्लबसँग सन् २०२१ सम्म सम्झौता भएपनि मेस्सीले दुई साताअघि क्लब छाड्ने अनुमति दिनका लागि पत्र लेखेका थिए ।

मेस्सी आइतबार टोलीका अन्य खेलाडीको कोभिड १९ को पिसिआर टेष्टमा सामेल भएनन् । सोमबारदेखि सुरु भएको प्रि सिजन तयारीमा मेस्सी उपस्थित नभएपछि बुधबार र बिहीबार मेस्सीका पिता जोर्गे मेस्सी र बार्सिलोना अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच छलफल भएको थियो । दुवै पक्षले आफ्नो अडान कायम राखेपछि कुनै निष्कर्ष निस्कन सकेन ।

शुक्रबार मेस्सीका पिताले प्रेस विज्ञप्ति जारी गर्दै ला लिगाले सम्झौतालाई राम्रो अध्ययन नगरेको बताएका छन् । उनका अनुसार मेस्सीको सम्झौतामा अन्तिम सिजनमा मेस्सीले आफैं क्लब छाड्न पाउने प्रावधान रहेको उल्लेख गरेका छन् । सम्झौतामा सिजनको अन्त्यमा क्लब छाड्न पाउने लेखिएको र कुनै मिति नतोकिएको मेस्सीको भनाइ छ ।

पत्रको दुई बुँदाको अनुवाद :

१. हामीलाई थाहा छैन लिगले कुन सम्झौता अध्ययन गरेको छ । कुन आधारमा उनीहरुले रिलिज क्लज मान्य हुन्छ भन्ने दावी गरिरहेका छन् भन्ने हामीले बुझेका छैनौं । खेलाडीले चाहेको खण्डमा एकपक्षीय रुपमा पनि २०१९-२० सिजनको अन्त्यमा सम्झौता तोड्न सक्ने हामीले बुझेका छौं ।

२. लिगको तर्फबाट नै गल्ति भएको देखिन्छ । सम्झौताको ८.२.३.६ मा लेखिएको छ, ‘ रिलिज क्लज तब मान्य हुने छैन जब खेलाडीले एकपक्षीय रुपमा सिजन २०१९-२० को अन्त्यमा सम्झौता रद्द गर्न आग्रह गर्नेछ ।’

सम्झौतामा रहेको अन्य प्रवाधानले पनि ८.२.३.५ मा लिखित ७ सय मिलियन युरोको रिलिज क्लज मान्य हुने कुनै आधार दिएको छैन

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.