default_image

5 years ago

September 5, 2020

नेदरल्यान्डले पोल्याडलाई हरायो

150 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्डले युइएफए नेसन्स लिगको पहिलो खेलमा पोल्यान्डमाथि जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा नेदरल्यान्डले पोल्यान्डमाथि १–० को झिनो जित हात पारेको हो ।

योहान क्रुफ एरिना आम्सटर्डममा नेदरल्यान्डको जितमा दोस्रो हाफमा स्टेभन वर्गवाइनले गरेको गोल नै निर्णायक बन्यो । उनले ६१औं मिनेटमा हान्स हाटेबोइरको पासमा गोल गरेका थिए ।

खेलको शुरुवातदेखि नै पोल्यान्डलाई दवावमा राखेको हल्यान्डले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । २१औं मिनेटमा नेदरल्यान्डले पहिलो आक्रमण बुनेको थियो । क्विन्सी प्रोमिसको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो ।

३२औं मिनेटमा पोल्यान्डका पियाटकिको प्रहारलाई नेदरल्यान्डका गोलरक्षक जस्पर सिलिसनले सहजै बचाए । पहिलो हाफको इन्ज्युरी समयमा जर्जिन्हो वाइनाल्डमको पासमा फ्रेन्की डि जोङको प्रहार पोस्टमा लागेर फर्कदा नेदरल्यान्ड अग्रता लिनबाट चुक्यो ।

४९औं मिनेटमा वर्गवाइनले अर्काे अवसर खेर फाल्यो । ५८औं मिनेटमा भर्जिल भान डाइकको उत्कृष्ट थ्रु बलमा मेम्फिस डिपाएले फ्लिक गर्ने प्रयास गरेपनि पोल्यान्डका गोलरक्षक वजिसियच सिजेनाइले विफल पारिदिए । त्यसको तीन मिनेटपछि नेदरल्यान्डले वर्गवाइनको गोलबाट खेलमा १–० को अग्रता लिन सफल भयो ।

हान्स हाटेबोइरको गोलरक्षकलाई बिट गर्दै दिएको पासमा मेम्फिस डिपाए चुकेपनि अनमार्क रहेका वर्गवाइनले गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाए । नेदरल्यान्डबाट १०औं अन्तर्राष्ट्रिय खेल खेलेका वर्गवाइनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । त्यसपछि थप गोल निस्कन नेरदल्यान्ड १–० ले विजयी हुन सफल भयो ।

यस्तै अन्तरिम प्रशिक्षक ड्वाइट लोडेजवजेसले आफ्नो पहिलो प्रशिक्षणमा टोलीलाई सफलता दिलाएको छ । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान क्याटलान क्लब बार्सिलोनाको मुख्य प्रशिक्षब बनेपछि दि रोयल डच फुटबल फेडेरेसन (केएनभीबी) ले यसअघि सहायक प्रशिक्षक रहेका ड्वाइट लोडेजवजेसलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको थियो ।

यही समूहको अर्काे खेलमा इटली बोस्निया एन्ड हर्जगोभिनासँग १–१ गोलको बराबरीमा रोकिएपछि नेसन्स लिगको समूह ‘ए’ को ४ मा रहेको नेदरल्यान्ड ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बोस्निया दोस्रो, इटली तेस्रो तथा पोल्यान्ड पुछारमा छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.