default_image

4 years ago

September 6, 2020

एन्फा र सशस्त्रबीच विकासका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)– ग्रासरुटसहित समग्र फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बलबीच सहकार्यका लागि सहमति भएको छ । शसस्त्रको मुख्यालय हलचोकमा आइतबार फुटबल विकासमा सहकार्य गर्ने सहमति भएको एन्फाले जनाएको छ । शसस्त्रको ए डिभिजन क्लब , महिला टोली र यू १८ टोली पनि रहेको छ । ग्रासरुट, युवा विकास […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ग्रासरुटसहित समग्र फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बलबीच सहकार्यका लागि सहमति भएको छ ।

शसस्त्रको मुख्यालय हलचोकमा आइतबार फुटबल विकासमा सहकार्य गर्ने सहमति भएको एन्फाले जनाएको छ । शसस्त्रको ए डिभिजन क्लब , महिला टोली र यू १८ टोली पनि रहेको छ । ग्रासरुट, युवा विकास र फुटबलको क्षमता बढाउनका लागि सशस्त्र र एन्फाबीच सहमति भएको बताएको छ ।

सशस्त्रका महानिरिक्षक शैलेन्द्र खनालले एन्फाको विकास योजनामा सहयोग गर्न संगठन तयार रहेको जनाउँदै सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा उपेन्द्रमान सिंहले युवा फुटबल विकासमा एन्फाको योजनाका बारेमा जानकारी गराएका थिए ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले युवा खेलाडीको उत्पादन र खेलाडीको भविष्य निश्चितताका लागि युवा विकासका लागि एपिएफसँग सहकार्य भएको बताए । युवा फुटबल विकासलाई अझै बलियो बनाउन आवश्यक रहेको र त्यसका लागि एपिएफसँग सहकार्य गरेको बताए ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.