9 years ago
August 30, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिगमा ब्वाइज युनियन क्लबका लागि मध्यपुर विरुद्ध डेब्यु गरेका गणेश खड्काले पहिलो खेलमै रातो कार्ड पाएका छन्।

आफ्नो पहिलो खेलको चौथो मिनेटमानै उनलाई खेलका रेफ्री श्रवण लामाले रातो कार्ड दिएका हुन्। मध्यपुरको डी बक्समा गणेशले विपक्षी खेलाडीलाई टाउकोले हिर्काएको आरोपमा मध्यपुरको खेलाडी र ब्वाइज युनियनको खेलाडीहरुविच भनाभन पनि भएको थियो। मध्यपुरका सुबर्ण कार्कीले गणेशमाथि हात हालेपछि उनलाई पनि रेफ्री लामाले रातो कार्ड देखाएका थिए।
एकदिन अघिमात्र ब्वाइज युनियनसंग अनुबन्धित भएका उनले पुल्चोक विरुद्धको खेल गुमाउने निश्चित रहेको छ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]