default_image

9 years ago

September 3, 2016

बि डिभिजनमा कमजोर देखिदैं सामाजिक

157 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा भदौ ५ गतेबाट सुरु भएको ‘बि’ डिभिजन लिगमा सबै टोलीले तेश्रो चरणको खेल खेलिसकेका छन् र लिगमा ५ दिनको विश्राम चलिरहेको छ।

Samajik Youth Club Boys Union Club

चार खेल खेलेको न्यु रोड टिम (एन.आर.टि) दश अंकका साथ अग्रस्थानमा छ भने आर.सी.टि. ८ अंक बोकेर दोश्रो स्थानमा रहेको छ। लिगको अन्तिम स्थानमा भने कुनै अंक नजोडेको सामाजिक युवा क्लब रहेको छ। महाबिर र नयाँबस्ति एक अंक बोकेर अन्तिम तिनको स्थानमा बसेका छन्।

पहिलो खेलमा सामाजिकले एन.आर.टिसंग ६-१को हार व्यहोर्यो भने दोश्रो खेलमा अग्रता लिने पेनाल्टी चुकाउँदा ब्वाइज युनियन क्लबसंग ३-०ले स्तब्ध हुन पुग्यो। पुल्चोकले तेश्रो खेलमा ३-१ले पराजित गर्दै सामाजिकलाई खाता खोल्ने मौका दिएन।

लिगको एक चौथाई भाग सकिसक्दापनि कुनै अंक हासिल गर्न नसकेको र प्रदर्शन पनि सन्तोषजनक हुन नसकेको सामाजिक युवा क्लबमाथि रेलिगेसन पर्ने डर मौलाएको छ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.