default_image

5 years ago

September 23, 2020

बेल राम्रो व्यवहारको हकदार

163 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडमा ग्यारेथ बेललाई गरिएको खराब व्यहारका लागि उनका एजेन्ट जोनाथन बार्नेटले स्पेनिस च्याम्पियन क्लबको आलोचना गरेका छन् ।

वेल्सका अन्तर्राष्ट्रिय बेल केहि दिन अघि लोनमा आफ्नो पुरानो क्लब फर्केका छन् । लोन सकिएपछि बेल पुनः रियलमा फर्कने नर्फने विषयमा पनि बार्नेटले प्रष्ट पार्ने प्रयास गरका छन् । ‘आशा छ यो विषय फेरि आउने छैन । टोटेनहममा उनी सम्भवत सफल हुनेछन् । त्यो अवस्थामा उनी यहि बस्नेछन् । त्यहि राम्रो हुनेछ,’ उनले भने ।

‘उनी पुनः खेलमा फर्कनका लागि यहाँ आएका हुन् । उनीले त्यहा चाहे जसरी खेल्नेछन् । तर पनि बेलको आफ्नो निर्णय हो । मलाई लाग्छ उनी हरेक पल्ट कठिन परिक्षणमा जाने छैनन् ।’

बार्नेटले बेलको खुलेर प्रसंसा गरेका छन् । ‘ब्रिटिस खेलाडीमा देश बाहिर गएर यति धेरै अन्य खेलाडीले उपलब्धि हासिल गर्न सकेका छैनन्,’ उनले भने, ‘मलाई लाग्छ उनीमाथि राम्रो व्यवहार भएन । रियलले पनि उनी प्रति न्याय गर्न सकेन ।’

उनले कसैमाथि औंला उठाउन ठीक नभएपनि बेल राम्रो व्यहारको हकदार भएको पनि बताएका छन् । ‘अरु कुनै खेलाडीले सात वर्षमा बेलजति सफलता प्राप्त गरेको भए यो भन्दा राम्रो व्यहार पाउँथे होला,’ बार्नेटले थपे, ‘म कसैलाई दोष दिन चाहन्न । जब समर्थकले उनीप्रति सम्मान देखाएनन् । त्यति बेला क्लबले पनि उनलाई सहयोग गरेन । त्यसले पनि निराश बनाएको हो ।’

बार्नेटले रियलका समर्थकलाई संकेत गर्दै भने, ‘रियलमा उनले जे जति उपलब्धी हासिल गरे । त्यसका लागि उनीहरुले बेल हिड्ने बाटोलाई चुम्बन गर्नुपर्दछ ।’

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

Success

Thank you for your time.