5 years ago
September 24, 2020
एजेन्सी – यसै सिजन अनुबन्धित भएका जर्मन मिडफिल्डर काई हाभर्टजले ह्याट्रिक पुरा गरेपछि लन्डन क्लब चेल्सीले इंग्लिस फुटबल लिग कप (इएफएल) अर्थात कारबाओ कपमा फराकिलो जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब बान्र्सलेमाथि ६–० को फराकिलो जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । यसै सिजन जर्मन क्लब बायर लिभरकुसनबाट चेल्सी आएर तेस्रो खेलमा हाभर्टजले ह्याट्रिक पुरा गर्दा ट्याम्मी अब्राहम, रोस बार्कली र ओलिभर जिरुउडले पनि समान एक गोल गरे ।
एकपक्षीय बनेको खेलमा चेल्सीले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा चार गोल थपेको थियो । गोलको वर्षा भएको खेलमा चेल्सीले खेलको १९औं मिनेटमा ट्याम्मी अब्राहमको गोलबाट अग्रता लिएो थियो । काउले वुडरोको ब्याकपासलाई आपो हाल्मेले नियन्त्रणमा लिन नसकेको बललाई ट्याम्मीले खोस्दै जाली चुमाएका थिए ।

२८औं मिनेटमा हाभर्टजले चेल्सीका लागि डेब्यु गोल गरे । मासन माउन्टले दिएको पासमा ट्याम्मीले चलाखीपर्ण तरिकाले छोडेको बललाई हाभर्टजले जाली चुमाएका थिए । ४९औं मिनेटमा रोस बार्कलीले गोल गरेपछि चेल्सी फरालिो जिततर्फ अग्रसर बन्यो । हाभर्टजले एलेक्स मोवाटबाट खोसेको बललाई बार्कलेले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए ।
५५औं मिनेटमा हाभर्टजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि चेल्सीले खेलमा ४–० को आरामदायी अग्रता लियो । पेनाल्टी बक्समा ट्याम्मीले मिलाइदिएको पासमा हाभर्टजले गोल गर्न सफल भएका थिए ।
६५औं मिनेटमा ट्याम्मीकै पासमा हाभर्टजले गोल गर्दै ह्याट्रिक पुरा गरे । ८३आं मिनेटमा ओलिभर जिरुउडले बेन चिलवेलको पासमा गोल गर्दै चेल्सीलाई ६–० को जित दिलाए । प्रिमियर लिग क्लबविरुद्ध बान्र्सलेले कुनै पनि समय गतिलो पोस्ट आक्रमण बुन्न सकेन । चेल्सीले भने आधा दर्जन बढी अवसर खेर फालेको थियो ।
यसै खेलमा नयाँ खेलमडी डिफेन्डर थियागो सिल्भा र बेन चिलवेलले चेल्सीका लागि डेब्यु गरे । सिल्भाले पहिलो रोजाईमा मौका पाउदा चिलवेलले सब्सिच्युट खेलाडीको रुपमा मैदानमा प्रवेश गर्दै चेल्सीबाट डेब्यु गरेका थिए ।
अन्य नतिजा
फ्लिटवुडविरुद्ध एभर्टन (२–५), लेस्टर सिटीविरुद्ध आर्सनल (०–२), मोरकेम्वेविरुद्ध न्युक्यासल (०–७)
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]