5 years ago
September 24, 2020
एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पराजित गर्दै लन्डन क्लब आर्सनल इंग्लिस फुटबल लिग कप (इएफएल) अर्थात कारबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।

आर्सनलले लेस्टर सिटीलाई उसकै मैदानमा २–० ले पराजित गर्दै चौथो राउन्डमा प्रवेश गर्न सफल भएका हुन् । किङ पावर स्टेडियममा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
खेलको सातौ मिनेटमा लेस्ट सिटीका केलिचीको प्रहारलाई आर्सनलका गोलरक्षक बन्र्ड लेनोले विफल पारे । २८औं मिनेटमा आर्सनलले पेनाल्टी अपिल गरेपनि रेफ्रीले मतलव नै गरेनन् । ३१औं मिनेटमा रेइस नेल्सनले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा आर्सनल अग्रता लिनबाट चुक्यो । ४०औं मिनेटमा जेम्स म्याडिसनको प्रहार पोस्टमा लागेर फर्कदा लेस्टर अग्रता लिनबाट चुक्यो ।
५७औं मिनेटमा आर्सनलले आत्मघाती गोलबाट अग्रता लियो । निकोलस पेपेको प्रहारलाई लेस्टरका गोलरक्षक ड्यानी वार्डले बचाएपनि रिवाउन्डकै अवस्थामा क्रिस्टियन फुचलाई लाग्दै गोलमा परिणत भएको थियो ।
७४औं मिनेटमा इडवार्ड केथियाको प्रहारलाई वेस मोर्गानले गोललाइनबाट बचाउदा आर्सनल अग्ता दोब्बर पार्नबाट चुक्यो । ८१औं मिनेटमा मार्क अलब्राइटनको फ्रिकिमा हम्जा चौधरीले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा लेस्टर बराबरीबाट चुक्यो ।
९०औं मिनेटमा इडवार्ड केथियाले गोल गर्दै आर्सनलाई २–० को जित दिलाए । उनले हेक्टर बेलरिनको मिलाइदिएको पासमा गोल गर्न सफिल भएका थिए ।
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]