5 years ago
September 24, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस सुआरेज स्पेनिस ला लिगा क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् ।

एट्लेटिको म्याड्रिडले ३३ वर्षीय सुआरेजलाई फ्रि एजेन्टमार्फत अनुबन्ध गर्न सफल भएको हो । एट्लेटिकोले सुआरेजले च्याम्पियन्स लिगमा गरेको प्रदर्शन अनुसार ६ मिलियन पाउन्डसम्म बोनसका रुपमा भने बार्सिलोनालाई तिर्नुपर्नेछ । सुआरेज २ वर्षको लागि अनुबन्धित भएका हुन् ।
इटालियन क्लब युभेन्टसले अनुबन्धमा चासो देखाएपनि नागरिताको समस्याका कारण युभेन्टस पछि हटेपछि सुआरेजलाई एट्लेटिकोले अनुब्नध गर्न सफल भएको हो । सुरुवातमा बार्सिलोनाले सुआरेजलाई बार्सिलोना जान रोक्ने निर्णय गरेपनि पछि एट्लेटिको जान सहमति दिएको थियो ।
स्पेनिस फरवार्ड अल्भारो मोराटा लोनमा युभेन्टस पुगेपछि सुआरेजलाई एट्लेटिको आउन सहज भएको थियो ।

सन् २०१४ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना पुगेका सुआरेजले ६ वर्ष बसाईमा २८३ खेलमा १९८ गोल गरेका छन् । उनले त्यहाँ रहँदा चार पटक स्पेनिस ला लिगा, चार पटक कोपा डेल रे, एकपटक युइएफए सुपरकप, दुईपटक सुपरकोपा, एकपटक च्याम्पियन्स लिग, क्लब वल्डकप र पिचिची ट्रफी जितेका छन् ।
एटलेटिको पुगेपनि उरुग्वेली फरवार्डलाई इटालियन नागरिकताको लागि आवेदन दिने क्रममा सहभागी भएको परिक्षामा चोरी गरेको आरोप लागेको छ । इटालियन पुलिसले उक्त आरोपबारे विस्तृत छानविन समेत थालेको छ ।

सुआरेज गत साता पेरुजिया पुगेर इटालियन भाषा परिक्षामा सामेल भएका थिए । इटालियन च्याम्पियन युभेन्टसले सुआरेज अनुबन्ध गर्न इच्छा देखाएपछि उनी नागरिकता लिन परिक्षामा उपस्थित भएका थिए । सुआरेजकी पत्नीको पूर्वजहरु इटालीकै भएका कारण उनले नागरिकता लिन भाषा परिक्षामा उतिर्ण भए पुग्ने थियो ।
इटालियन संचारमाध्यमका अनुसार ३३ वर्षीय सुआरेजले परिक्षा दिनुअघि नै प्रश्न प्राप्त गरेका थिए । त्यसैले सामान्यतया २ घण्टा लाग्ने परिक्षा ३० मिनेट नबित्दै सकिएको प्रहरी स्रोत उदृत गर्दै इटालीको रिपब्लिका पत्रिकाले जनाएको छ ।
‘सुआरेज इटालियन बोल्न जान्दैनन् । उनलाई पूरा वाक्य प्रष्ट जोड्न पनि कठिन हुन्छ । पत्रकारले सामान्य प्रश्न सोधेपनि उनलाई जवाफ फर्काउन कठिनाइ छ । उनी वर्षको १० मिलियन युरो कमाउँछन् र उनले परिक्षा उत्तीर्ण गर्नुको विकल्प छैन,’ प्रहरी स्रोतले भनेको छ ।

सुआरेजले नागरिकता प्राप्त गर्ने मिति केहि ढिला भएपछि युभेन्टसले एटलेटिको म्याड्रिडबाट अल्भारो मोराटालाई अनुबन्ध गर्ने निर्णय लिएको थियो । नन युरोपियन खेलाडीको रुपमा अनुबन्ध गर्नको लागि पनि युभेन्टसको कोटा पुगिसकेको छ । युभेन्टसमा नन युरोपियनका दुई खेलाडी आर्थर मेलो र वेस्टन म्याकेनी आइसकेका छन् ।
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]