5 years ago
September 24, 2020
एजेन्सी – फ्रान्सेली लिग अन्तर्गत अघिल्लो साता पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेबीचको खेलमा भएको घटनामा मिडफिल्डर एन्जल डी मारिया पनि प्रतिबन्धमा परेका छन् ।

निकै तनावपूर्ण खेलमा रेफ्रीले ५ रातो कार्ड र १२ पहेंलो कार्ड देखाएका थिए । दुई टोलीका खेलाडीबीच घम्साघम्सी हुँदा रेफ्रीले हात हालेका खेलाडीलाई कार्ड देखाएका थिए । पछि अनुशासन समितिले कार्ड प्राप्त गर्ने खेलाडीलाई थप कारवाही गरेको थियो । थप अध्ययनपछि समितिले दि मारियालाई पनि ४ खेलको प्रतिबन्ध सुनाएको छ ।
डी मारियाले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई थुकेको आरोप प्रशिक्षक आन्द्रे भिलास बोसले लगाएका थिए । यद्यपि लिगले सजाय सुनाउँदा थुकेको बारेमा केहि उल्लेख गरेको छैन । समितिले नेयामारले अल्भारोमाथि लगाएको रंगभेदको आरोपबारे भने अझै छानविन गरिरहेकोअ छ । सेप्टेम्बर ३० मा बस्ने बैठकले यसबारे विस्तृत निर्णय गर्नेछ ।
यसअघि अनुशासन समितिले नेयमारलाई रातो कार्डको एक खेल प्रतिबन्धमा थप एक खेल प्रतिबन्ध लगाएको थियो । यसबाहेक समितिले नेयमारले प्रतिबन्ध पूरा भएपछि पुनरागमन गरेको खेलमा पनि सोहि व्यवहार देखाएमा स्वत: एक खेल प्रतिबन्ध थपिने निर्णय पनि गरेको छ ।

पीएसजीका मिडफिल्डर पारेडेसले पनि थप एक खेल तथा मार्से डिफेन्डर जोर्डन अमाभीलाई खुट्टाले हानेका पीएसजीका डिफेन्डर लेभिन कुर्जावाले भने ६ खेल प्रतिबन्ध भोगिरहेका छन् । अमाभीले पीएसजीका खेलाडीलाई मुक्का हानेपछि कुर्जावाले जवाफमा लात हानेका थिए । मार्सेका अमाभीलाई पनि ३ खेल प्रतिबन्ध लगाइएको छ । मार्सेका फरवार्ड डारियो बेनडेट्टोले पनि २ खेल प्रतिबन्धमा छन् ।
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]