5 years ago
September 24, 2020
एजेन्सी – युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले वर्षको ‘प्लेयर अफ दि इयर’ अवार्डको लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ ।

युइएफएले सार्वजनिक गरेको मनोनयनमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका केभिन डी ब्रुयन र जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र म्यानुयल नोयर मनोनयनमा परेका छन् । यसपटक मनोनयनमा आधुनिक फुटबलका हस्तीद्वय क्याटलान क्लब बार्सिलोनाका स्टार फरवार्ड लियोनेल मेस्सी र इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो नपर्दा ।
मेस्सी र रोनाल्डो १० वर्षपछि पहिलोपटक मनोनयनमा नपरेका हुन् । पछिल्लो १० वर्ष मेस्सी र रोनाल्डो शीर्ष तीनको मनोनयनमा पर्दै आएका थिए । बार्सिलोनाका कप्तान मेस्सी पछिल्लो १० वर्षमा ६ पटक मनोनयनमा पर्दा २०११ र २०१५ मा युइएफए अवार्ड जितेका थिए । मेस्सी चारपटक दोस्रो भएका थिए ।

यस्तै पछिल्लो १० वर्षमा ९ पटक शीर्ष तीनको मनोनयनमा परेका रोनाल्डोले तीनपटक यो अवार्ड जितेका छन् । ३५ वर्षीय रोनाल्डोले २०१४, २०१६ र २०१७ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्दा यो अवार्ड जितेका थिए । रोनाल्डो दुईपटक दोस्रो हुँदा चारपटक तेस्रो भएका थिए ।

महिलातर्फ युइएफए वुमन्स प्लेयर अफ दि इयरका लागि लुसी ब्रन्ज (लियोन हाल म्यानचेस्टर सिटी), पेर्निल हार्डेर (वल्फ्सवर्ग हाल चेल्सी) र वेन्डी रिनार्ड (लियोन) की शीर्ष तीनको मनोनयनमा परेका छन् ।
बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिक, इंग्लिस क्लब लिभरपुलका योर्गेन क्लोप र आरबी लाइप्जिगका जुलियन नागेल्समान वर्ष पुरुष प्रशिक्षकको शीर्ष तीनमा परेका छन् । हान्सी फ्लिकले गत सिजन बायर्न तेहोरो उपाधि जिताएका थिए । उनले बायर्नलाई च्याम्पियन्स लिग, जर्मन बुन्डेसलिगा र डिएफबी पोकल जिताएका थिए ।

यस्तै योर्गेन क्लोपले लिभरपुललाई ३० वर्षपछि इंग्लिस प्रिमियर लिग च्याम्पियन बनाएका थिए । जुलियनले लाइप्जिगलाई युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको यात्रा तय गराएका थिए ।
महिला टोलीको वर्ष प्रशिक्षकतर्फ बार्सिलोनाका लुइस कोर्टिस, उल्फ्सवर्गका स्टेपहान लेर्च र लियोनका जिन लुक मनोनयनमा परेका छन् । अवार्ड आगामी अक्टोबर १ मा प्रदान गरिनेछ ।

December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]