default_image

4 years ago

September 24, 2020

सुआरेज : बार्सिलोनाका उत्कृष्ट फरवार्ड

एजेन्सी – प्रशिक्षकका रुपमा रोनाल्डो कोम्यानको प्रवेशसँगै बार्सिलोना छाड्ने लुइस सुआरेज तेस्रो ठूलो नाम हो । उरुग्वेली फरवार्ड अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पुगेका छन् । यसअघि इभान राकटि र अर्टुरो भिडालले बार्सिलोनाको यात्राको अन्त्य गरेका थिए । सुआरेज ती खेलाडी हुन् जसले छ वर्ष क्याटालन क्लबमा उच्च स्तरको प्रदर्शन गरे र आफ्नो अलग छाप […]

54 views

0 Bookmark

एजेन्सी – प्रशिक्षकका रुपमा रोनाल्डो कोम्यानको प्रवेशसँगै बार्सिलोना छाड्ने लुइस सुआरेज तेस्रो ठूलो नाम हो । उरुग्वेली फरवार्ड अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पुगेका छन् । यसअघि इभान राकटि र अर्टुरो भिडालले बार्सिलोनाको यात्राको अन्त्य गरेका थिए ।

सुआरेज ती खेलाडी हुन् जसले छ वर्ष क्याटालन क्लबमा उच्च स्तरको प्रदर्शन गरे र आफ्नो अलग छाप छाडेका छन् । सन् २०१४ विश्व कपमा इटालिका जर्जिइो चिलिनीलाई टोकेर विवादमा परेको केहि समयपछि उनी बार्सिलोनामा आबद्ध भएका थिए । विश्व कप खेल्दाका समयमा उनी इंग्लिस क्लब लिभरपुलका महत्वपूर्ण सदस्य थिए । चिलिनीलाई टोकेपछि उनी ४ महिना प्रतिबन्धमा परेका थिए ।

रियल म्याड्रिडसँग ३–१ ले पराजित भएको खेलमा सुआरेजले डेब्यू गरेका थिए । तर, त्यसले उनको खेल जीवनमा असर गरेन । त्यहाँबाट सुरु भएको उनको यात्राले सफल खेलाडीका रुपमा आफुलाई स्थातिप गर्यो ।

एमएसएन धमाका

लिओनल मेस्सी र नेयमार बार्सिलोनामा पहिलाबाट थिए नै । सुरुआरेजको आबद्धतासँगै टोलीको फरवार्ड लाइन थप मजबुद बन्यो । जसले बार्सिलोनालाई नयाँ उचाईमा लग्यो । दक्षिण अ‍ेरिकाका तीन फरवार्डले लुइस इन्रिकेको टोलीलाई २०१४। १५ को सिजनमा च्याम्पियन्स लिग, कोपा डेल रे र ला लिगा उपाधि जितेको थियो । सुआरेजले २५ गोल गरेका थिए । युभेन्ट्सविरुद्धको च्याम्पियन्स लिग फाइन्लमा गोल समेत गरेका सुआरेजले त्यो सिजन २४ एसिस्ट गरेका थिए ।

४ उपाधि र गोल्डेन बुट

अर्को वर्ष पनि सुआरेजको जादु जारी रह्यो । २०१५र१६ को सिजनमा उनी युरोपकै उच्च गोलकर्ता बनेका थिए । उनले ५९ गोल गर्नुका साथै २२ एसिस्ट गरेका थिए । त्यो सिजन बार्सिलोनाले द सुपरकोपा डी स्पाना, क्लब विश्वकप, कोपा डेल र ला लिगा जितेको थियो । त्यो सिजन उनले गोल्डेन बुट जिते ।

पिएसजीविरुद्धको पुनरागमन

रियलले २०१६-१७ को सिजनमा ला लिगा र च्याम्पियन्स लिग जितेको थियो । बार्सिलोनाले पनि त्यो वर्ष दुई उपाधि जित्यो । जसमा सुआरेजको प्रदर्शन सम्झनालायक रह्यो । खास गरि च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्धको प्रदर्शनका लागि सुआरेजलाई सम्झने गरिन्छ । त्यो सिजन लुइस इन्रिकेको टोलीले कोपा डेल रे र सुपर कोपा डे स्पाना जितेको थियो । त्इो सिजन सुआरेजे ४२ गोल गर्नुका साथै १६ एसिस्ट गरेका थिए ।

एमएसएनको अन्त्य र विर्सनलायक च्याम्पियन्स लिग

नेयमारले २०१७ मा बार्सिलोना छाडे । जसले बार्सिलोनाले मेस्सी र सुआरेजमै बढी निर्भर हुनुपर्यो । जसका कारण इर्नेटो भालभेर्डेको नेतृत्वमा रहेको बार्सिलोना लगातार दुई वर्ष रोमा र लिभरपुलसँग पराजित हुँदै बाहिरिनु परेको थियो । तथापी सुआरेजले भने २०१७-१८ मा ३६ र २०१८-१९ मा ३३ गोल गरे । ३३ गोलमा रियलविरुद्धको ह्याट्रिक पनि थियो ।

युगको अन्त्य

सुआरेजले बार्सिलोनाका लागि गत पसिजन च्याम्पियन लिग क्वार्टरफाइनल खेलेका थिए । बायर्न म्युनिखविरुद्धको त्यो खेलमा बार्सिलोनाले ८–२ को लज्जास्पद हार बेहोर्नु परेको थियो । सुआरेजले आफ्नो अन्तिम सिजनमा टोलीका लागि २१ गोलका साथै ११ एसिस्ट गरे । उनले बार्सिलोनाका लागि कुल १ सय ९८ गोल गरेका थिए ।

कीर्तिमान

बार्सिलोना छाड्ने क्रममा उनले क्लबको इतिहासमा उत्कृष्ट फरवार्ड मध्ये एकको इतिहास बनाएका छन् । लिभरपुलका पूर्व फरवार्डले क्याटलान क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा राख्न सफल भएका छन् । मेस्सी र सेसर रोड्रिग्वेज उनीभन्दा अगाडि छन् ।

सुआरेज मेस्सीपछिका अर्का बार्सिलोनाका खेलाडी हुन् जसले युरोपियन गोल्डेन बुट जितेका थिए । उनी ला लिगामा सर्वाधिक गोल गर्ने विदेशी खेलाडीको सातौं नम्बरमा छन् । त्यस्तै उरुग्वेली खेलाडी मध्ये ला लिगामा उनी सर्वाधिक गोलकर्ता हुन् ।

मेस्सीका उत्कृष्ट साझेदार

सुआरेज र मेस्सी मैदान बाहिर पनि उत्तिकै नजिकका साथी हुन् । पारिवारिक रुपमा पनि उनीहरुबीचको सम्बन्ध घनिष्ठ थियो । सुआरेज र मेस्सीको साझेदारीमा ३९ गोल भएको थियो । त्यो कुनै पनि खेलाडीको भन्दा बढी हो । मेस्सीले नेयमारसँग २० , पेद्रो रोड्रिग्वेजे १७, डेभिड भिल्लाले १२, समुइल इटोले १२ गोल मिलेर गरेका थिए ।

मेस्सीलाई एसिस्ट गर्नेमा पनि सुआरेज अगाडि आउछन् । सुआरेज र पूर्व कप्तान आन्द्रइ इनियस्टाले समान ४७ एसिस्ट गरेका थिए । मेस्सीलाई त्यसपछि एसिस्ट गर्नेमा नेयमारले ४२, डानी आल्भेसले २१ र जाभी हर्नान्डेज ३२ छन् ।

जर्सी नं ९ का महान

बार्सिलोनामा ९ नम्बर जर्सी लगाउने मध्ये सुआरेज तेस्रो स्थानमा छन् । पाउलिनो अल्कान्टारले ३ सय ६९ र सेजरले २ सय २२ गोल गरेका थिए । सुआरेजको नाममा १ सय ९८ गोल छ । त्यस्तै सोही जर्सी नम्बर लगाउने सामुइल इटोले १ सय ३०, प्याट्रिक क्लुभर्टले १ सय २२, थेअरी हेनरीले ४९, भिल्लाले ४९ र रोनाल्डो नाजारियले ४७ गोल गरेका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.