5 years ago
September 24, 2020
एजेन्सी – युइएफए सुपर कपको उपाधिका लागि आज (बिहीबार) राति जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभिया भिड्दै छन् । खेल नेपाली समयअनुसार हंगेरीको पुस्कास एरिनामा राति १२ः४५ बजे हुनेछ ।

बायर्न च्याम्पियन्स लिगको विजेता र सेभिया युरोपा लिगको विजेताको नाताले सुपर कपको उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । च्याम्पियन्स लिगको फाइनलमा बायर्नले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले तथा युरोपा लिगको फाइनलमा सेभियाले इटालियन क्ल इन्टर मिलानलाई ३–२ ले पराजित गर्दै च्याम्पियन बनेको थियो ।
सेभिया सर्वाधिक ६ पटक युरोपा लिग जित्ने टोली हो । सेभियाले सबै ६ पटक फाइनल पुग्दै लगातार च्याम्पियन बन्न सफल भएको छ ।
च्याम्पियन्स लिग बायर्न सेभियालाई पराजित गर्दै सिजनको पहिलो उपाधि जित्न चहान्छ । बायर्नसँग रोबर्ट लेवान्डोस्की, थोमस मुलर, जोसुवा किम्मिच, सर्ज जिनाब्री, लुकास हर्नान्डेज, जेरोम बोटेङ, डेभिड अलावा, अलफन्सो डाभिस, म्यानुयल नोयर र लियोन गोरेट्जकाजस्ता नाम चलेका खेलाडीको साथ रहेको रहेको छ ।

यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट बायर्न आएका लिरोए सानेले पनि खेल्ने सम्भावना रहेको छ । च्याम्पियन्स लिगका गोलकर्ता किङ्सले कोमान फिटनेसका कारण टोली बाहिर रहेका छन् । मिडफिल्डर थियागो पनि लिभरपुल पुगिसकेका छन् ।
यता, स्पेनिस क्लब सेभिया पनि बायर्नलाई स्तब्ध पार्दै सिजनको पहिलो उपाधि जित्ने दाँउमा हुनेछ । औसतले टोली रहेको सेभियाले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सेभियासँग जेसस नाभास, डिएगो कार्लाेस, फर्नान्डो, लुकास ओकम्पास, सुसो, युसेफ इन न्यास्री, जुलेस कुन्डे र गोलरक्षक यासिन बोउनोउको साथ छ ।
यसै सिजन क्याटलान क्लब बार्सिलोनाबाट सेभिया फर्किएका इभाट राकिटिच पनि बायर्नविरुद्ध पहिलो रोजाईमै खेल्न सक्नेछन् । गत सिजन उच्च प्रदर्शन गरेका डिफेन्डर सर्जियो रेगुइलोन भने इंग्लिस क्लब टोटेनहम हट्सपरमा अनुबन्ध भइसकेका छन् ।

यि दुई टोली दुई वर्षपछि पहिलोपटक भिड्न लागेका हुन् । २०१८ को च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दा बायर्नले एक खेल २–१ ले आफ्नो पक्षमा पार्दा एक खेल गोलरहित बराबरीमा सकिएको थियो ।
बायर्न सेभियाविरुद्ध जितको लयलाई निरन्तरता दिन चहान्छ । सेभिया बायर्नलाई हराउने दाउमा हुनेछ । बायर्नले घरेलु लिगअन्तर्गत पहिलो खेलमा साल्केलाई ८-० ले पराजित गर्दै सिजनको उत्कृष्ट सुरुवात गरेको छ । सेभिल्लाले भने युरोपा लिग फाइनल खेलेका कारण लिगमा कुनै खेल खेलेको छैन ।
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]