default_image

5 years ago

September 24, 2020

चेल्सीले गोलरक्षक मेन्डी भित्र्यायो

155 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले यो सिजन अनुबन्ध गरेको सातौं खेलाडीको रुपमा सेनेगल तथा फ्रान्सेली क्लब रेनिसका गोलरक्षक एडुवार्ड मेन्डीलाई भित्र्याएको छ ।

चेल्सीले २८ वर्षीय मेन्डीलाई २२ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबिन्धत गर्न सफल भएको हो । चेल्सीमा अनुबन्धित भएपछि मेन्डीले क्लबको आधिकारिक वेभसाइटमा चेल्सीमा जोडिन पाउँदा उत्साहित रहेको बताएका छन् ।

‘यो रमाइलो र उत्कृष्ट टोलीको एक हिस्सा हुन पाउनु र प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रशिक्षणमा खेल्ने मेरो सपना हो । म मेरो टिमका सहयात्रीलाई छिट्टै भेट्नेछु । चेल्सीमा छिट्टै खेल्नलाई कुर्न सक्दिन,’ मेन्डीले भने ।

कीर्तिमानी गोलरक्षक किपा एरिजाबालगाले पछिल्लो समय खराव प्रदर्शनलाई निरन्तरता दिएपछि चेल्सीले उनको विकल्पमा मेन्डीलाई अनुबन्ध गरेको हो । चेल्सीले गत सिजन प्रिमियर लिगको ३८ खेलमा ५४ गोल खाएको थियो । जुन निकै खराब प्रदर्शन हो ।

फ्रान्समा जन्मिएका मेन्डीले रेनिसमा पहिलो सिजन ३३ खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका गरेका थिए । उनले १३ क्लिनसिट राखेका थिए । रेनिस नयाँ सिजनको लासग च्याम्पियन्स लिगलाई छनोट भएको छ ।

चेल्सीले यो सिजन खेलाडी अनुबन्धमा २५० मिलियन पाउन्ड खर्च गरिसकेको छ । हाकिम जियाच (३८ मिलियन), टिमो वेर्नर (५३ मिलियन), बेन चिलवेल (५० मिलियन), मालाङ सार (फ्रि एजेन्ट), थियागो सिल्भा (फ्रि एजेन्ट) र काई हाभर्टज (८९ मिलियन) पाउन्ड खर्च गरेको छ । यसबाहेक जाभिएर मुयाम्बा पनि क्लबमा आबद्ध भएका छन् ।

चेल्सीका निर्देशक मारिना ग्रानोभ्सस्काले टेक्निकल टिम विशेष गरी पिटर चेकको नै मेन्डी अनुबन्धमा ठुलो भुमिका रहेको बताएकी छिन् ।

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

Success

Thank you for your time.