default_image

5 years ago

October 1, 2020

अब महिला एल क्लासिको पनि

199 views

0 Bookmark

एजेन्सी – एल क्लासिको स्पेन मात्र होइन विश्व फुटबलमै चर्चित खेलमा पर्छ । स्पेनिस ला लिगाका दुई बलिया टोली रियल म्याड्रिड र बार्सिलोनाबीचको जुनसुकै प्रतिस्पर्धालाई पनि एल क्लासिकोको नामले परिचित छ ।

लिगमा यो खेल बेग्लै महत्त्वका साथ हेरिन्छ । स्तरीय खेलाडीसँगै दुई टोलीबीच मैदानभित्र लामो समयदेखिको पृथक सम्बन्धले एल क्लासिकोलाई झनै रोचक बनेको छ । त्यसैले पनि एल क्लासिको फुटबल समर्थकको प्रतिक्षाको खेल हुने गर्दछ ।

नयाँ सिजनको एल क्लासिको अक्टुबर २५ मा क्याम्प नोउमा हुनेछ । दोस्रो एल एल क्लासिको अप्रिलमा रियलको मैदानमा हुनेछ । तर, त्यसअघि नै अर्को एल क्लासिको अक्टोबर पहिलो सातामा हुनेछ ।

तर त्यो पुरुषतर्फको नभई महिला तर्फ एल क्लासिको  प्रतिस्पर्धा हुनेछ । महिला लिगमा बार्सिलोना र रियलबीच अक्टुबर ४ आइतबारको दिन हुने तय भएको छ । रियलको अभ्यास मैदानमा हुने खेलको समय भने अझै तय हुन बाँकी रहेको छ । महिला लिग शनिबार सुरु हुनेछ । पहिलो खेल लोग्रोनो र लेभान्तेबीच हुनेछ ।

सन् १९८८ देखि सुरु भएको महिला लिगमा १८ टोलीको सहभागिता रहेको छ । युरोपका शीर्ष ६ महिला लिगमध्ये स्पेन पनि एक हो । अहिले सम्म १२ अलग अलग क्लब च्याम्पियन बन्दा सबैभन्दा बढी एथलेटिको बिलबाओ र बार्सिलोनाले समान ५ पटक उपाधि जितेका छन् । बार्सिलोना महिला लिगको साविक विजेता हो ।

रियल म्याड्रिडले भने आफ्नै क्लबको नाममा पहिलो सिजन खेल्न लागेको हो । यसअघि सिडी ताकोन क्लबको नाममा खेल्दै आएको टोलीलाई रियलले स्वामित्व खरिद गरेपछि यसै सिजनबाट रियल म्याड्रिडको नामबाट खेल्न लागेको हो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.